मन्त्रिपरिषद बैठक : प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय हुन सकेन

प्रकाशित मिति : : शुक्रबार, पुस २८, २०७४

काठमाडौं । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले  प्रदेश प्रमुख र अस्थायी मुकामबारे कुनै निर्णय गर्न सकेन। आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय गर्ने बताइएपनि कुनै निर्णय गर्न नसकेको हो । सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले आजको बैठकबाट निर्णय हुन नसकेपनि सम्भवतः आगामी बैठकबाट प्रदेश प्रमुख तोक्ने र अस्थायी मुकाम तोकिने बताएका छन् । अन्य दलहरुसँग पनि पुन: छलफल गरेर प्रदेश प्रमुख र अस्थायी मुकाम बारे निर्णय गरिने मन्त्री बस्नेतले बताए ।

यद्यपी आजको बैठकले स्वेच्छिक अवकाशमा जान चाहने कर्मचारीलाई लक्षित गरी आज नै राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । समायोजनमा जान नचाहने निजामति कर्मचारीलाई स्वेच्छिक अवकाशमा जाने अवसर दिने समायोजन ऐनको व्यवस्था अनुसार सूचना प्रकाशित गरिने भएको हो ।