नेपाल विज्ञापन संघ (आन)को १८औं निर्वाचन सम्पन्न, आगामि ३ बर्षे कार्यकालका लागि यी हुन् पदाधिकारीहरु

प्रकाशित मिति : : शुक्रबार, पुस २८, २०७४

AANकाठमाण्डौ । केहि दिन अघि भएको  नेपाल विज्ञापन संघ (आन) को निर्वाचनमा  उम्मेदवारी दर्तामा अरु कसैको उम्मेदवारी नपरेपछि  अध्यक्षसँगै कार्यसमितिका बहुमत सदस्यहरु निर्बिरोध भएको आन निर्वाचन समितिले जनाएको छ । आगामि ३ बर्षे कार्यकालका लागि अध्यक्षमा रिजाल सहित बरिष्ठ उपाध्यक्षमा सोमप्रसाद धिताल, प्रथम उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा धर्मेन्द्रकाजी श्रेष्ठ, महासचिवमा राजु कुइँकेल, सचिवमा कृष्णप्रसाद घिमिरे र सह-कोषाध्यक्षमा पंकज प्रधान पनि र्निविरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै ६ जना सदस्यहरुमा रोशन प्रसाई, रमेश पुरी, विशालपुरुष ढकाल, अरुणकाजि स्थापित, किरण गैरे र सन्तोष खड्काको मात्रै उम्मेदवारी परेको थियो । कार्यसमितिमा प्रतिष्प्रधी उम्मेदवार नभएपछि यी सबै निर्बिरोध भएका हुन् । कोषाध्यक्ष पदका लागि पिताम्बर पोखरेल ‘विजय’ र यमुना पौडेल ‘प्रतिमा’ ले उम्मेदवारी दर्ता गराएका थिए भने निर्वाचनको परिणाम पिताम्बर पोखरेल ‘विजय’को पक्षमा आएको निर्वाचन समितिले जनाएको छ ।