हिमानी शाह, ‘रअ’का प्रमुख र ओलीबीच बैंककमा गम्भीर भेटवार्ता

प्रकाशित मिति : : शुक्रबार, पुस २८, २०७४

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा ‘रअ’का प्रमुख अनिल धमसान र एमालेका अध्यक्ष केपी ओली यतिबेला बैंककमा छन् । त्यहाँ विभिन्न पक्षीय गम्भीर वार्ता भइरहेको स्रोतले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह भारत गएर उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंग भेटवार्ता गर्नु, त्यहाँबाट नरेन्द्र मोदीले आफ्ना दूत मंगलबार बैंकक पठाउनु, मध्यपश्चिम र सुदूरपश्चिमको भ्रमणलाई त्यागेर हिमानी मंगलबार नै बैंकक जानु र पार्टी एकतापछि मात्र स्वास्थ्योपचारमा जाने बताएका ओली बुधबार बैंकक जानुले गम्भीर षड्यन्त्र भइरहेको स्पष्ट छ ।

स्रोतका अनुसार यसपटकको बैंकक यात्रामा ओलीले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पक्षसंग विभिन्न ‘जेन्टलम्यान एग्रिमेन्ट’ गर्दैछन् ।

भारतीय मात्र होइन चिनियाँ पक्षसमेत बैंककमा रहेको स्रोत बताउँछ । पूर्व दरबार निकट स्रोत भन्छ ‘माओवादीसंगको एकता अगाडि नै राजनीतिले केही कोल्टे फेर्न सक्छ । उद्धेश्य स्पष्टै छ ।’  – source : nepalpana