नयाँ संविधानले राष्ट्रपति र उपराष्ट्रपति दुवैलाई फेरी नयाँ व्यवस्था अनुसार चुनिएर आउन रोक नलगाएपछि अहिलेका राष्ट्रपति भण्डारी आफूलाई पूनः दोहोर्याउनको लागि लागिपरेको खुलासा भएको छ भने  अध्यक्ष ओलीले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्याउने मनसाय व्यक्त गरेपछि माओवादी अध्यक्ष प्रचण्डले त्यसको विरोध गरेका छैनन् । एमालेभित्रै आकांक्षी देखिएका नेता झलनाथ खनालपछि दौडमा अर्का नेता सुवासचन्द्र नेम्वाङ पनि छन् ।

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने गठबन्धनको तर्फबाट अहिलेका प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादव वा रामबहादुर थापा बादलमध्ये एकजनालाई बनाउनुपर्ने कुरा राखेका छन् ।

त्यस्तै उपराष्ट्रपतिमा अहिलेका उपराष्ट्रपति नन्द बहादुर पुन जनजाति भएकोले उनलाई नै दोहोर्याउनुपर्छ भन्ने आवाज पनि उठिरहेकोले को बन्छ भनेर अहिल्यै नै भन्न सकिने अवस्था छैन् । यता सभामुखमा पनि पूर्व सभामुख ओनसरी घर्ती वा सुवासचन्द्र नेम्बाङमध्ये एक जना बन्ने पक्का छ ।