काँग्रेस भित्रै बन्यो अर्को रहस्यमय गुट, को-को छन् त गुटमा ?

प्रकाशित मिति : : शुक्रबार, पुस २८, २०७४

Nepali-Congress-काठमाडौं । अहिले  नेपाली कांग्रेसभित्र विभिन्न थरिका गुटउपगुटहरू सल्बलाइ रहेका छन् । निर्वाचनमा पराजित भएको चन्द्र भण्डारीसहितको गुट केही मत्थर भएका बेला अर्को गुटले फेरि टाउको उठाएको छ ।

एमाले–माओवादी केन्द्रले कांग्रेसविरुद्ध विभिन्न आरोप लगाएर कमजोर बनाउने प्रयास गरिरहेका बेला एक भएर त्यसको सामना गर्नुपर्ने बेला सिंहले समेत अर्को गुट निर्माण गरेकोमा धेरैले रहस्यका साथ हेरेका छन् । यो समूहमाथि कांग्रेसको हितभन्दा पनि आफ्नो हित कसरी हुन्छ भनेर सक्रिय भएको आरोप लागेको छ  ।

नवीन्द्रराज जोशी, प्रकाशमान सिंहसहितको अर्को गुटले नेपाली कांग्रेसमा सुद्धीकरण भनेर भेला गर्न थालेको छ । प्रकशमन सिंहको निर्देशनमा सोमबार र मंगलबार दुई दिन काठमाडौंमा गोप्य भेला भएका छन् । सिंहको योजनामा भएको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, डा.रामशरण महतसहितका नेताहरू उपस्थित रहेका थिए । जोशीसहितका नेताहरूको यो गुटले सभापतिबाट शेरबहादुर देउवालाई हटाएर सिंहलाई अगाडि बढाउने योजना बनाएको स्रोतको भनाई छ । भेलामा देउवालाई हटाउने प्रस्ताव नआए पनि देउवाले बनाएको संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिबाट राजीनामा दिएर असहयोग गर्ने सम्मको योजना बनेको छ ।