सबै कम्युनिष्ट पार्टीलाई केन्द्रित गर्छौँ – प्रचण्ड

प्रकाशित मिति : : शुक्रबार, पुस २८, २०७४

म्याग्दी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकतालाई जनताले अनुमोदन गरिसको भन्दै एमाले र माओवादीसँगै अन्य सबै कम्युनिष्ट पार्टीलाई समेत केन्द्रीकृत गर्न पहल भइरहेको बताएका छन् ।

माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले वाम एकताको खाका तयार पार्ने काम भइरहेको बताउँदै एकताले छिट्टै पूर्णता पाउने बताए ।

राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै देश विकासमार्फत समृद्धि हासिल गर्ने बाटोमा अघि बढेको बताए । उनले विकास र सुशासन अबको प्रमुख कार्यभार भएको बताए । ‘धेरै अप्ठ्यारा, चुनौती र दबाबको सामना गर्दै हामीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनाव सफल पा¥यौँ’ उनले भने, ‘अब देश विकास, समृद्धि र सुशासन कायम गराउने प्रमुख दायित्व पूरा गर्छौं ।’
अध्यक्ष प्रचण्ड शुक्रबारदेखि बेनीमा शुरु हुन लागेको छैटौँ म्याग्दी महोत्सवको उद्घाटनका लागि बेनी आएका हुन् ।