काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मन्तव्यलाई लिएर सामाजिक सञ्जालमा ट्वीट गरेका छन् ।

 

माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको एक प्रशिक्षण कार्यक्रममा प्र्र्र्रचण्डले नेकपा एमालेसँगको एकता भएमा माओवाद,जनयुद्ध केही पनि छोडिन्न भन्ने भनाईलाई बाबुरामले ट्वीट गरेका छन् ।

अरुलाई होच्याएर बोल्नु प्रचण्डको पूरानै शैलीको संज्ञा दिदैं बाबुरामले ट्वीट गरेका छन् ‘आफुसंग तर्क सिद्धिएपछि र अप्ठेरोमा परेपछि पढेलेखेका मान्छेको दिमाग खुस्किएको हुन्छु भन्नु र कार्यकर्तालाई तिमी लाटागाँडाहरूलाई हेप्छन् भनेर उत्तेजित पार्नु प्रचण्डको पुरानै शैली हो ।

त्यस्तै आन्तरिक प्रशिक्षणमा माओवाद, जनयुद्ध केही पनि छोडिन्नु भन्दै लतार्दै लाने र छोड्ने पनि ।’

आफुसंग तर्क सिद्धिएपछि र अप्ठेरोमा परेपछि ‘पढेलेखेका मान्छेको दिमाग खुस्किएको हुन्छ’ भन्नु र कार्यकर्तालाई ‘तिमी लाटागाँडाहरूलाई हेप्छन्’ भनेर उत्तेजित पार्नु प्रचण्डको पुरानै शैली हो! त्यस्तै आन्तरिक प्रशिक्षणमा ‘माओवाद,जनयुद्ध केही पनि छोडिन्न’ भन्दै लतार्दै लाने र छोड्ने पनि.. https://twitter.com/pratyoushonta/status/954956385191522304 

हेरुम उनले शेयर गरेको भिडियो