पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडले थप १ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । कास्कीको माछापुच्छ्रे गाउपालिका वडा नं–०३, घाचौक, कास्कीमा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म १३ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पुर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराई सम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १३ शाखा रहित बंैकिङ्ग सेवा समेत गरी जम्मा ७९ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।