पर्यटकिय क्षेत्रको अवलोकन : पुर्वाधार मुख्य समस्या

प्रकाशित मिति : : सोमवार, माघ ८, २०७४

पोखरा । प्रतिनिधि सभा सदस्य माननिय रविन्द्र अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिकराज जोशि, पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष जिवन आचार्य लगायतको टोलीले वडा नं. १६ स्थित विभिन्न पर्यटकिय स्थलहरुको स्थलगत अवलोकन गरेको छ ।

उक्त अवसरमा महेन्द्रगुफा, चमेरी गुफा, हरिपाउँको ढिकीडाँडा लगायतका स्थानहरुको अवलोकन गरिएको वडा अध्यक्ष आचार्यले जानकारी दिएका छन् । वडा नं. १६ को पर्यटन विकास सम्भावनाहरुको खोजि र प्रवद्र्धनका खातिर उक्त कार्यक्रम गरिएको आचार्यले बताए ।

अवलोकन पश्चात उनिहरुले यसक्षेत्रका पर्यटकिय स्थलहरुको विकास लागी आ(फ्नो क्षेत्रबाट सक्दो पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । महेन्द्र गुफा चमेरी गुफा विकास समितिका पुर्व अध्यक्ष गोविन्द बस्नेतका अनुसार उक्त क्षेत्रमा रहेका गुफाहरुको विकासलाई समयानुकुल बनाउन सके पर्यटक आवागमनको दरलाई बढाउन सकिन्छ ।

तर, प्रतिनिधि सभा सदस्य माननिय रविन्द्र अधिकारीले भने केवल गुफा मात्र नभई त्यस वरपर भएका सम्भावित स्थानहरुको समेत पहिचान गरि विकास गर्न सके माथिल्लो पोखराको गन्तव्य बनाउन सकिने सुझाव दिए ।

यस्तै नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत जिपकराज जोशीले गुफालाई गुफाका रुपमा मात्र बुझिएकाले त्यसका सम्भावित सामाजिक, साँस्कृतिक, धार्मिक र ऐतिहासिक पक्षहरु समेत उजागर हुन जरुरी रहेको बताएका छन् ।

तर, विगतमा विभिन्न कारणले प्रभावित बन्दै आएको नेपाली पर्यटन पछिल्लो समय विकासको गतिमा रहेको अधिकारीहरुले बताएका छन् । पछिल्ला दिनहरुमा नेपालमा आउने विदेशी पर्यटकहरुको संख्यामा समेत बढोत्तरी आएको उनिहरुको तर्क छ ।

फेरी पनि पुर्वाधार कै समस्या रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताए । नेपाली पर्यटनको गुणस्तर वृद्धि, पर्यटकको बसाई लम्याउने गतिविधिहरु र नेपालका बहुआयामिक पर्यटकिय गतिविधिहरुको तिव्रत्तर विकासमा चनाखो बन्नु पर्ने कतिपयको तर्क छ ।