तरुण दलको राष्ट्रिय भेला नगरकोटमा

प्रकाशित मिति : : सोमवार, माघ ८, २०७४

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको राष्ट्रिय भेला भक्तपुरको नगरकोटमा यही माघ २८ र २९ गते हुने भएको छ ।

मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको विशेष परिस्थितिमा समसामयिक राजनीतिक समीक्षा, तरुण दलको संगठनको चुस्तदुरुस्तता तथा थप निर्माण र भावी रणनीतिका बारेमा बृहत् छलफल गरी ठोस निर्णय लिन बैठक बस्न लागेको दलका महासचिव भूपेन्द्रजंग शाहीले जानकारी दिए ।

शाहीले आज विज्ञप्ति जारी गरी उक्त राष्ट्रिय भेला एवं प्रशिक्षण कार्यक्रममा सहभागी हुन सबै जिल्ला अध्यक्षलाई आग्रह गरेका छन् । दलको महाधिवेशन भएको १६ महिनासम्म पनि केन्द्रीय समितिको विस्तार नभएका बारेमा समेत छलफल गर्न लागिएको शाहीले बताए ।