सांकेतिक तस्बिर

मलेखु । बेनीघाट रोराङ गाउँपालिकास्थित चन्द्रोदय बहुमुखी क्याम्पस सहयोगार्थ सञ्चालित महायज्ञमा एक दाताले नगदसँगै क्याम्पसका लागि आज गाडी नै दान गरेका छन् ।

स्थानीय विशालटारमा सञ्चालित क्याम्पस सञ्चालनका लागि भएको महायज्ञमा क्याबसन इन्ड्रस्ट्रिजद्वारा सञ्चालित श्रीमाया ग्यास उद्योगका प्रोपाइटर जय गौतमले रु १४ लाखको बस र रु १८ लाख दान गरेको आयोजक राममणि थपलियाले जानकारी दिए । क्याम्पस सञ्चालनका लागि महायज्ञमा हालसम्म रु तीन करोड बराबरको सहयोग सङ्कलन भएको बताइएको छ । यही माघ १ गतेदेखि शुरु भएको महायज्ञ माघ ९ गते समापन गरिने छ ।