अन्ततः वाम गठवन्धनलाई छोडेर मधेशमा कांग्रेस, राजपा र फोरमको गठबन्धन बन्यो, चुनावमा तालमेल गर्ने

प्रकाशित मिति : : बुधबार, माघ १०, २०७४

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनसँग कुरा नमिलेपछि राजपा र फोरम नेपालका नेताहरु कांग्रेससँग सम्झौता गर्नेगरि आज साँझ बालुवाटार पुगेका थिए । उक्त बैठकमा नयाँ समझदारी बनेको हो । मधेशवादी दल र नेपाली काँग्रेसबीच राष्ट्रिय सभाको सिट बाँडफाँड गर्ने सहमति बनेको छ ।

काँग्रेससँग ६ वटा सिटमा तालमेल गर्ने मधेसवादी दलले सहमति गरेका हुन् । प्रदेश नम्बर २ मा आठ वटा सिट रहेका छन् । नयाँ सहमति अनुसार फोरमले दलित र महिला सिट लिने भएको छ ।