यस्तो छ ओलीको प्रचण्ड भगाउने रणनीति, एमालेले माओवादीलाई पदको लोभ देखाएको खुलासा

प्रकाशित मिति : : बुधबार, माघ १०, २०७४

Oli-Prachanda

Oli-Prachandaकाठमाडौं । बाम गठबन्धनको धङ्धङ्गीमा रहेको माओवादी केन्द्रलाई एमालेले विभिन्न प्रलोभनमा पारेर आकर्षित गरेर राखेको खुलासा भएको छ ।

बेलाबेला माओवादीलाई धोका दिँदै आएको एमालेले फेरि पनि धोकाको राजनीति गरेको एक नेताले बताएका छन् । एमालेले माओवादीलाई राष्ट्रिय सभाको निर्वाचनसम्म मात्रै निकट राख्ने रणनीति अख्तियार गरेको छ ।

धेरैभन्दा धेरै सिट राष्ट्रिय सभामा जित्नका लागि एमालेले माओवादीलाई आफू निकट बनाएको हो । ‘एमालेको पछाडि लागेर माओवादीले नसोँचेको सिट पाएको छ’, एमालेका एकजना पदाधिकारीले भने, ‘राष्ट्रिय सभाको निर्वाचनपछि माओवादीसँग एमालेको कुनै सम्बन्ध रहँदैन ।’ पार्टी एकीकरणको कुरा गरेर माओवादीलाई कांग्रेससँग नजिक जान नदिने रणनीति अन्तर्गत केपी ओलीले नै यो खेल खलेको उनले बताए । ‘केपी ओली निकट रहेका नेताहरूमार्फत बाम गठबन्धनलाई असर पर्ने गरेर अभिव्यक्तिहरू आइरहेका छन्’, माओवादीका एक नेताले भने, ‘हामी पनि एमालेको सबै राजनीतिक चालबाट जानकार छौँ । तर, निर्वाचन अगाडि केही बोल्न भएको छैन ।’ एमालेले दिएको राजनीतिक पद लोलुपतामा लागेका माओवादीका नेताहरूका कारण माओवादीका दोस्रो तहका नेताहरूको राजनीतिक भविष्य संकटमा परेको स्रोतले जनाएको छ ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सधै राजनीतिक ध्रुबीकरण गर्दै आएका नारायणकाजी श्रेष्ठले आफ्नो राजनीतिक यात्रा सुरक्षित राख्न एमालेसँग मिलेर जान प्रचण्डलाई दवाव दिएको स्रोतको भनाइ छ । श्रेष्ठलाई माओवादीभित्र भँडुवा नेताका रुपमा परिचित छन् । श्रेष्ठले नै माओवादीलाई सिध्याएर आफू एमालेमा स्थापित गर्न ओलीको डिजाइनमा यी सबै खेल खेलेको आरोप छ ।

माओवादीका दोस्रो तहका सीमित नेताहरूको भविष्य बने पनि त्यसपछिका नेताहरूको राजनीति अन्यौलमा परेको भन्दै माओवादीभित्रै पार्टी एकता र बाम गठबन्धनको विरोध भइरहेको छ ।

उता, ओलीले माओवादीलाई कुनै पनि प्रदेशमा मुख्य मन्त्री पद नदिने रणनीतिमा लागेका छन् । प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता पनि माओवादीले नपाउने, प्रमुखमा मुख्यमन्त्री पनि नपाउने भए किन बाम गठबन्धन र तालमेल गर्ने भनेर विरोध सुरु भइसकेको छ ।

माओवादीले जुन–जुन प्रदेशमा मुख्य मन्त्री माग गरेको छ ती सबैमा हाम्रो बहुमत छ भनेर एमालेले मुख्यमन्त्री दिन अटेर गरिरहेको छ । यसले गर्दा भविष्यमा एमालेका अध्यक्ष ओली र एमालेका नेताहरूले माओवादीलाई अकको दुई हप्तापछि एक्लाउने रणनीति लिएको स्रोतको भनाइ छ ।(khusikokhabar)