साल्पा पोखरी, सुख, दुखको साथी र धार्मिक आस्थाको प्रतिक

प्रकाशित मिति : : शुक्रबार, माघ १२, २०७४

khatri

भौगोलिक रुपमा सानो भएपनि नेपाल प्राकृतिक रुपमा अथाह धार्मिक, साँस्कृतिक तथा पर्यटकीय महत्व बोकेर उभीएको छ ।
नेपालको पूर्व कोशी अञ्चल भोजपुर जिल्ला अन्तर्गत फेदीे, दोभाने गाविस वार्ड नं.८ मा पर्ने धार्मिक तथा ऐतिहाँसिक महत्व संगालेको साल्पा पोखरी समुन्द्र सतह बाट ३४४३ मी .को उचाइमा रहेको छ । चारैतिर पहाडले घेरीएको उक्त पोखरीलाई किराँती हरुले साली–पा “सवैभन्दा उच्च स्थानमा रहेको पुख्र्यौली भगवान” भनी सम्वोधन गरेको पाईन्छ । हिमाली क्षेत्रमा पाईने जैविक विवीधताले भरीपुर्ण साल्पा पोखरी सुख दुःखको साथी र सास्ँकृतीक तथा धार्मीक आस्थाको प्रतिक पनि मानिन्छ ।
यस साल्पा पोखरी को आसपासमा रहेको हिमालि वन हरुमा रमाउने हावे्र, हिमाली थार, हिमाली खरायो तथा हिमाली सिमसार क्षेत्रमा वस्न मन पराउने सानो स्तनधारी वन्यजन्तु हरु छन भने हुचिल, पानीहाँस, लाटोकसेरो र मौसमी चराहरु यस क्षेत्रमा आकर्षण हुन्छन् । मौसम अनुसार फूल्ने फूलहरु जस्तै लालीगुराँस, चिमल हरुले यस क्षेत्रमा आउने जो कोहिलाई पनि हार्दिक स्वागत गरेको अनुभूती हुने गर्दछ । विभिन्न प्रकारका जडिवुटीहरु पाईने हिमाली वन तथा साल्पा पोखरी सीमसार क्षेत्रले आन्तरिक तथा वाह्य पर्यटक हरु लाई मन्त्रमुब्ध वनाउँदछन् ।
विभिन्न जातजाती हरुका धार्मिक आस्थाको केन्द्र भएकै हँदा साल्पा पोखरीमा वर्षको चारपटक चण्डी पुर्णिमा, मङसीर पुणर््िामा, क्रृषी पुर्णिमा र कार्तिक पुणर््िामा मा मेला लाग्ने गर्दछ । साल्पा पोखरीमा मेलामा जानु अघि किराँतीहरुको विभिन्न समुदाय सेर्पाहरुको पनि आ–आफ्नै संस्कार अनुसार दलित, क्षेत्री, व्रम्हवाण, दलीत हिन्दु र वौद्धमार्गीहरु पनि अआ–आफ्नै संस्कार अनुसार साल्पा जाने तीथी मिती को ठहरगरी जानु अघि घरका मूखय व्याक्ति अथवा (नुवागिरे÷नाछोङ्ग) ले घरका कुलदेवतालाई मानमनितो गर्ने र मुन्धम गर्ने गर्दछन् । ढोलेहरुले गजोले ढ्याङ्ग्रो बजाउने मृगका सिंगले थालबजाउने गर्दछन् धामी, झाक्री तथा विजुवा हरुले जामा पगरी, घुङ्गरु र संस्कार अनुसार सुनाखरीको चोया वाट वनिएको टोपी त्यसमाथि मयुरको प्वाँख लगाउने हामि यस कामको लागि साल्पा पोखरी आउँदै छौँ हामिलाई वाटोमा पर्न सक्ने विघ्न वाधा हटाईदेउ, घरमा वसेकाहकोे रक्षा गर भनि साल्पा पोखरीलाई पुकार्दै वनदेवता, जलदेवता, सिमे, भुमे, वायु पथ्थर हरुलाई सम्बोधन गर्दौ पङ्तीवद्ध भएर साल्पा पोखरी लाई राजा र रानीको संज्ञा दिँदै साल्पै राजा सै–सै साल्पै रानी सै–सै………÷ सै राजा सै……… सै रानी सै गर्दै लयवद्ध भाकामा पोखरीमा पुगेपछि आफ्ना साखा सन्तानको सू–स्वास्थ्य, अन्न वालीको राम्रो उत्पादन पशु पंक्षी र प्राकृतीक प्रकोपले दुःख नदेओस भन्ने कामना र वरदान माग्दछन् भने सन्तान नहुनेहरुले रित्तो कोक्रो बोकेर जाने र आगौँसाल आउदा यो कोक्रोमा छोरा–छोरी बोकेर ल्याउन पाँउ भनी वरदान माग्ने गर्दछन् । मौसम अनुसारको अन्नवाली र फलफूल पनि न्वागी स्वरुप शाल्पा राजा–रानीलाई देखाई खाने चलन छ ।
लीसो–पासो, घुङ्ग्रीङ्ग, ढोल, ढ्याङ्ग्रो, खुर्मी लगायतका दैवी शक्तीसंग कुराकानी गर्दा चाहीने सामासर्दमहरुले सुसज्जीत झाँक्री विजुवाहरु आफ्ना पुर्खाहरुले खेलेको ठाउँमा आयु वायुको रुपमा आएर बसेकोहुदाँ दैवी शक्ती लगायत वरीपरी पानी, जंगल, ढुङ्गेभिर, देव–देवता, भुत–प्रेत आदीलाई सम्मान गर्दै किराँत राजा र रानीलाई आफ्ना छोरा नाती वुहारी नातीनीहरुको परिचय गराउने गर्दछन् ।
शाल्पा पोखरीको धार्मिक तथा ऐतीहाँसीक महत्वको वारेमा ७० वषर््िाय एक किराँत वंशी बृद्ध भन्नुहुन्छ – आदीम युगमा हालको भोजपुर–शंखुवाशभा आसपास क्षेत्रमा एक प्रभावशाली राजाले राज गरिरहेको कुरा महादेवले तराई र कैलाश जाने क्रममा देखेका रहेछन् । उक्त क्षेत्रमा आँफैले बसी राजगर्ने इच्छा भएको हुदाँ किराँत राजालाई पिनास जस्ता खतरनाक रोग लगाएर आफु चाहीँ अवतारी लामाको स्वरुप लिई त्यसक्षेत्रमा तलमाथि हिड्दा रहेछन् ।
आफ्नो स्वास्थ्य समस्या लामालाई देखाउँदा ठाँउ सर्नुपर्ने नत्र ज्यानै समेत जान सक्ने लामाको भनाईलाई ध्यानमा राखी किराँत राजा आफ्ना सहयोगी लिएर तराईतिर झरेछन् । राजा तराई झरेपछि संखुवा खोला उत्पन्न गराई किराँत राज्यलाई ध्वस्त पारी रानीलाई लखेटेछन् र आफू राज्य गर्न थालेको कुरा स्वास्थ्य लाभगरी फर्किएका किराँती राजालाई थाहा भएछ । रानीको खोजीमा अलाप विलाप गर्दै वर–पिपल, खोला–नाला, पोखरी, तलाऊ आदिलाई परामर्श लिदैै जाँदा साल्पा क्षेत्रमा किराँत रानी रुँदै गएको खबर पाएपछि राजा उतै आफ्नी रानी खोज्न जानुभएछ । रानी त्यसरी हिड्दै जाँदा पैताला आकारका आकृतिहरुमा पानी रहेको कुरा समेत उहाँ बताउनुहुन्छ । राजा त्यसरी संखुवासभाबाट भोजपुरको जौवारी तल रहेको अग्लो ढुङ्गामा चढ्दा रानी कहाँ पुगीन् भनी हेर्दा टाउको मात्र देखेछन् त्यसपछि त्यसैमाथि अर्को ढुङ्गो राखी हेर्दा साल्पा पोखरीमा रानी देखेछन् । हतासगरी जाँदा किराँत राजाले आफ्नी रानीलाई सर्पले बेरेको अवस्थामा पाएपछि उत्त सर्पलाई मार्न भनी जाँदा रानी भन्छिन् यसो गर्नुहुन्न उक्त नागसँग मैले विवाह गरिसकेँ तपाई आउन ढिला भयो अब जान पनि ढिला नगर्नुहोस् नत्र यो नागले मार्न सक्छ भनी एउटा कुखुराको भाले दिएर भन्छिन ‘यो भाले जहाँ पुग्दा वास्छ त्यहाँनै तपाईको राज्य स्थापना हुनेछ‘ भनी बिदाई गरिन् । तत् पश्चात ओखलढुङ्गाको बाटो हुँदै जाँदा काठमाण्डौमा पुग्दा भाले बासेको हुँदा उक्त स्थानमा किराँत वंशी राजाहरुले राज्य गरेको स्थानीय बृद्ध बताउँछन् । साल्पा सिम्सार क्षेत्रले पानीको भण्डारण गर्ने स्वच्छीकरण गर्ने, स्थानीय वासीलाई विभिन्न प्रकारका श्रोत उपलब्ध गराउने, विभिन्न दुर्लभ वन्यजन्तु एवं वनस्पतीलाई वासस्थान प्रदान गर्ने र धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको रुपमा अतुलनीय भुमिका निर्वाह गरेको छ । यस्तो महत्वपूर्ण स्थानको समुचित विकासको लागि सम्बन्धित निकायको ध्यान जानसके देशविकासको लागि महत्वपूर्ण भुमिका खेल्ने निश्चित छ ।