गाँजा खाने केटी  

प्रकाशित मिति : : सोमवार, माघ १५, २०७४

गाँजा सँग परिचित छु म । यसको बोट सँग मात्र हैन,  नसा सँग,यसको वासना सँग पनि उतिकै घनिष्ठता छ मेरो ।

त्यसैले त यो विषयमा लेख्न मलाई त्यति  सहज छैन।  किनकि गाँजालाई म  प्रेम  गर्छु  र त्यो भन्दा बढी घृणा पनि| त्यसका आफ्नै कारणहरु छन्, जुन  विस्तारै खोल्दै जानेछु।

पहिलो पटक पाईला राख्दा  मैले सोचे जस्तो थिएन काठमाडौं, कल्पना गरेजस्तो पाईन राजधानी।

धुलो धुवा , फोहोर ,अव्यवस्थित बसोबास,मान्छेको हिडाईको तिब्र  गति का  अतिरिक्त साना  केटाहरुले उडाइरहेको धुवाको   दृश्यले मलाई अझ पिल्सायो  त्यो पनि कलंकी मै ।  ट्याक्सी चडेर झ्यालबाट नियाल्दा म झनै गले, भावुक हुदै हेरे पर्तिर दुई फुच्चीहरु प्लास्टिक फुक्दै थिए ।

 

काठमाडौं आएको दुई महिना पछी पशुपति जाने निदो भयो । पौषको जाडोमा पाटन बाट गौसला हिड्दै पुगियो ,युवा जोश शरीरमा  जो थियो ।  त्यतिखेर मलाई यहाँ का मान्छेहरु बडो अजीब लाग्थे  के के न बिताउला झैँ गरेर हिडिरहेका  देख्थे ।

फलामको पिलरमा सिउरेको झोलामा जुत्ता थन्काएर पैताला चिस्याउदै हामी मन्दिर लाग्छौ ।  तर गेट छेउमा उभिएकी  स्त्री प्रहरी देखेपछी मेरो सात्तो जान्छ, अझ उनको छेवै बाट आएको  टिङटिङ आवाजले अगाडी बढीसकेका मेरा खुट्टा फनक्क फर्किन्छ म आतिन्छु ।  रजतलाई समेत तानेर अघि चप्पल राखेको ठाउँमा ल्याउँछु ।   हामी फर्केको देखेपछी गेट छिरिसकेका सन्तोष र सरोज समेत हामीलाई पछ्याउछन् ।

ओई  के भयो, के भयो ? अब उनीहरु म भन्दा बढी आतिन्छन ।

यार म सँग चुरोटको डब्बा नै छ, एकै सासमा भन्छु ।

के-के न भयो सम्झिएको त भन्दै उनीहरु पुन  अघि बढ्छन केहि हुँदैन हिड भन्ने इसारा गर्दै । म उनीहरुको पिछा गर्छु मनमा डर राख्दै ।

स्त्री प्रहरी गोजी चेक गर्दिन ,त्यो टिङटिङ कराउने मेसिन पनि चुरोट चिन्दैन । बेकारमा डराएछु भन्ने लाग्छ । आफ्नो सोझोपन यहाँ पनि देखिएकोमा पश्चाताप मान्छु ।

दर्शन पश्चात पशुपति सबै घुम्ने भनेपछि सिडी उकाल्दै सन्तोष दाई हामीलाई माथी जङ्गल लान्छन तर आज डेटिङ डे रैछ सिंगल वा ग्रुपमा बस्ने भन्दा जोडीमा बस्नेको संख्या तेब्बर देखिन्छ ।  खाली ठाउँ भेटिन्छ कि भन्दै हामी अझ भित्र छिर्छौ ,बाहिर भन्दा भित्र अझ प्याक रहेछ जोडीहरु रुखमा  ओझेल पर्दै  कोही ओठ चुस्न  तत्पर देखिन्थे त  कोही  शरीर मुसार्न ।  प्राय केटीहरु भने  अनुहार नदेखिने, नचिनिने गरि बसेका थिए ।

खुल्ला ठाउँ रोजेर हामी चुरोट सल्काउछौ ।  एक हूल बाँदर हाम्रो अघि बाट जान्छन , अनयासै  एक बाँदर रजत तर्फ अघि बढ्छ खाउला झैँ गरेर घुरेर हेर्छ, झम्टन खोज्दै  हाम्रो नजिक आउँछ । रजत हत्तपत्त बदामको पोलिथिन हुत्याइदिन्छ  बाँदर त्यो लिन्छ र सरासर जान्छ अलिक पर्तिर पुग्दा त्यो पोलिथिन पनि उसको साथीले खोस्छ र भाग्छ ।

मेरो करले बाँदरको डरले हामी फेरी नयाँ खाली ठाउँ खोज्न हिड्छौ त्यतिकैमा हाम्रो भेट अपरिचित केटाहरुको  ग्याङ सँग हुन्छ ।  दुवै ग्याङका एक अर्काको आँख जुद्छ ।

म पनि तान्छु नि ?

आँखा चिम्लिएर लामो लामो सर्को तान्दै गरेकी केटीको छेउमा पुगेर म बोल्छु । तर उ वास्तै नगरी एकोहोरो तानिरहन्छे । आफुलाई पुगेपछि  साथीलाई दिन्छे, उनीहरु पालैपालो तान्छन । यता म थुक निल्छु । उनीहरु मलाई को हो यो भन्ने भावमा हेर्छन ,म भने  उनीहरुले तानेको एकनासले  हेरिरहन्छु ।  लामो समय  भोकै रहेको बच्चाले मिठोमिठो खाएको हेरे जसरी ।

म पुन धोद्रे स्वर नरम पार्दै  गाँजा तानिरहेकी केटी लाई पाए आफु पनि तान्ने बिन्ती बिसाउछु। तर उ मेरो आवाज वास्तै नगरी  लामो चुरोट ठुटो पार्दै  जमिनमा  फाल्छे । आखिरी  धुवाको मुस्लो आकाशमा उडाउछे । ठुटो  निभाउन खुट्टा उचाल्छे तर त्यस अगावै म निउरिएर् ठुटो आफ्नो हातमा  पार्छु। उ विस्तारै खुट्टा जमिनमा राख्छे र मलाई एकोहोरो हेर्छे । घुडा टेकेरै ठुटोलाई म यस्तरी तान्छु मानौ त्यो  गाँजा नभएर अजम्बरी बुट्टी हो जुन सेवन नगरे म मर्ने छु । ओठ पोलुन्जेल, फिल्टर डढुन्जेल ठुटो तान्छु  र हातैले रुखमा झोसेर माथी उठ्छु । उनीहरु तिनै जना मलाई अनौठो दृश्य देखे जसरी हेर्छन । म पनि उनीहरुलाई एक झलक नियाल्छु ।

तिनै जना भिन्नै उमेरका देखिन्छन  १८ ,२० र २२ वर्षका होलान् । दुई जना रफ रफ हाउभाउका,  एक जना भने  भद्र जस्ती छ । आँखा मिचे जस्तो देखिन्छन राता राता । त्यही राता साना आँखाले मलाई शिर देखि पाऊ सम्म नियाल्छन। माल कडा रैछ ठुटो मात्र ताने पनि लागेको फिल गर्छु । अनि त के चाहियो र ? म  भित्र भित्रै आफै सँग बात मार्न थाल्छु।

घर तिर आक्कल झुक्कल चुरोट खाने सम्म केटीहरु देखेको थिए, बरु आईमाई हरु तान्थे । ग्याद्रिंगमा केटाहरु भन्थे  काठमाडौं मा त केटीले पनि गाँजा खान्छन । त्यो सुने पछी म कल्पना गर्थे कस्ता केटीहरुले गाँजा खादा हुन् ? किन खादा हुन्? कसरी तान्दा हुन् ?  तर आज उनीहरु मेरो सामुन्ने थिए मैले कल्पना गरेका ती गाँजा खाने केटीहरु । अब म बुझ्न चाहान्थे किन खान थाले यिनीहरुले ? कसरी खान थाले ? यस्तो कठोर समाजमा ? जहाँ छोरीलाई घर बाट निस्कन पनि मुस्किल छ |तर यिनीहरु खुलेआम गाँजा तान्दै थिए | यस्ता प्रश्नहरु मनमा एकसाथ उब्जिनछन | अब म यिनीहरु सँग कुरा गर्ने बहाना सोचेकै  बेला मेरो सामुन्ने  गाँजा भरीएको एउटा स्टीक त्यहाँ मध्यकी भलादमी  केटीले राख्दिन्छे ठुटो के चुसेको लाउ यो खाउँ भन्दै । तर  नयाँ दुलही लाज मानेझैँ  म स्वांग पार्छु खान् भन्दै ।

 पर्पल हेज हो, खादैनौ ऊ सोध्छे  ?  त्यसो भए त खान्छु भन्दै म तान्न थाल्छु  ।

काँ एक्लै तानेको मलाई स्टिक दिने केटी बोल्छे म उसैलाई पास गर्छु । उनीहरु भने बढो अनुसाशित भएर त्यसको धुवा रित्याउछन् ।

अर्को छैन ? मौनता तोड्दै म बोल्छु ।

अझै खान्छौ ? लागेन र ? भद्र  केटी सोध्छे ।

हैन मेरा साथीहरु पनि छन् के , म भन्छु ।

हामी डिलर हौँ र ? रुखो स्वरमा अर्की रफ केटी प्याच बोल्छे । अनि त  म चुप लाग्छु ।

काँ छन् साथीहरु ?

पर क्याफेमा

ए ल त्यसो भए छोड्देउ , किनेर खानु अब भन्दै उनीहरु हिड्न तरखर गर्छन ।

काँ पाउँछ गाँजा ? निर्दोस अनुहारका साथ उसको छेउमा पुगेर  म सोध्छु | आज दिन भर खोज्दा नभेटेको बताउँछु ।

हाहा गर्दै उ हास्छे,र भन्छे गौशालामा पानी भन्दा सहजै गाँजा पाउँछ तिमि पाएन भन्छौ ?

आफुले नढाटेको बुझाउन म हर सम्भव प्रयास गर्छु, तर उ के पत्याउथी ।

गफ हान्छौ भन्दै  अघि बढ्छे, म उसलाई पछ्याउछु ।

पशुपति पहिलो पटक आएको प्रस्टाउछु , उ अझै मान्दिन तर सँगै तल गए पाउँने ठाउँ देखाईदिन्छु भन्छे ।

सिडी छेउमा पुगेपछि उ आफ्नो गोजी छाम्छे , रुमाल टकटकाउछे अझ नपुगेर तल ,यता उता हेर्छे कता गयो  त भन्दै एकछिन फत्फताउछे सृजनेले पो बोकी कि भन्दै साथीहरुलाई खोज्छे ,उनीहरु टाढा पुगिसकेका हुन्छन , त्यसैले   फोन लगाउछे  तर फोन बाट पनि पत्ता लाग्दैन  उ हैरान हुँदै अघि बसेकै ठाउँमा जान मलाई पनि भन्छे ।

के छोडियो  ? अघि बसेको ठाउँ पुग्न लागेपछि म सोध्छु ।

“चाबी” नि, अब त्यहाँ पनि छ कि छैन भन्दै म तर्फ नहेरी उ उत्तर दिन्छे ।

त्यो औलाको  के हो ? म  उसको  औला भित्र रहेको  रिंग  देखाउँछु ।

उ  हैरान महसुस गर्दै लजाउदै मस्किन्छे ,म कस्ती हुस्सु है भन्दै ।

मैले त अझ गाँजाको तालमा साचो हातमै बोकेर कोठाको ताल्चा फोडेको छु भन्देको मात्र के थिए उ नरोक्की हास्न थाल्छे। उसको हासोले मलाई पनि तान्छ म पनि अनयासै हासिदिन्छु । विच बाटोमा हामी एक अर्कालाई हेर्दै, हातले देखाउदै हास्छौ वरपरका  सबै हामीलाई हेर्छन एक दुई जना त बाहिरका पनि हास्न थाल्छन ।

कत्ति भयो तिम्ले खान थालेको ? बाग्माती पुल पुगेपछि म  सोध्छु ।

हँ ? उ  केहि नसुने झैँ गर्छे, बोल्न  झिजो मान्छे।

कैले देखि खान थालेको के ? म उही प्रश्न फेरी राख्छु।

३ वर्ष भयो।

अनि तिमीले नि ?

सेम सेम म यत्ती भन्छु !

झ्याप कै तालमा भए पनि उसलाई एक पटक फेरी नियाल्छु कालो पाईन्ट, सेतो भेस्ट अनि त्यस माथी कालै आउटर लगाएकी कपाल छोडेकी,  मेकअप नगरेकी  त्यो अर्ध सुन्दर केटी अनुहार नपरेकी  भए पनि आकर्षक देखिन्थी शारीरिक बनावटले ।

म सँग लामो चिनजान भए जसरी लहसिएर हिड्दै छे । कतिपय बानी भने अनौठा देखाउदै  हिन्छे ।  बोल्दा बोल्दै मस्किदै प्याट कुट्छे र क्षणभरमै पछुतो मान्छे, घरि अंकमाल गर्छे अनि पुन पछुताउछे या पछुताएझै मात्र गरेकी हो ? म बुझ्न सकिरहेको हुन्न ।

मलाई चुरोट तान्न मन लाग्यो ,बागमती पुल बाट लास पोलेको हेर्दै उ बोल्छे म भने  जबर्जस्ति बगिरहेकी  काली  बागमती नियाल्दै  हुन्छु ।

चौक निस्कौं भन्दा मान्दिन  माथी जाउँ भन्दै तान्छे । स्या स्या पार्दै माथी सिडी सकिन लाग्दा आउने पशुपति क्याफेमा  लगेर बसाउछे । हट लेमन अडर गर्छे साथै सलाई पनि ल्याइदिन भन्छे तर  म नै उसको अघि लाईटर राखदिन्छु ।

कसरी खान थालेउ ? आफैले उडाएको धुवा हेर्दै रमाईरहेकी  उसको ध्यान म खिच्न खोज्छु ।

तिनीहरुले खुवाए नि  शुरुमा, आँखा माथि तान्दै उ भन्छे ।

को तिनीहरु म पुन सोध्छु ?

अघि थिए नि म सँग उ यत्ति भन्छे ।

को हुन् उनीहरु ?

मेरै साथि हुन् ,तर आजकाल खुब बिग्रेका छन् सबै थोक खान्छन रे भन्दै उ रोकिन्छे ।

के के खान्छन ? म पुन प्रश्न तेर्साउछु तर उ यो पटक उत्तर दिन्न बरु मेरो शरीर सबै नियाल्छे र केहि समय पछि बोल्छे । तिमि पत्रकार हो ?

 हैन ।

नभा तिमीलाई के को चासो मेरा साथीहरुको उ संखालु भएर सोध्छे ।

म उसको संखा दुर बनाउन अघि बादरले हाम्रो बदामको पोलिथिन लागेको छोटो घट्नालाई लामो कथा बनाएर सुनाउछु ।

उ हास्दै कुर्सी बाट उठ्छे , र भन्छे तिमीलाई गाँजा पाउने ठाउँ देखाउनु पर्ने हैन ?

हो त म भन्छु, बाटो भरी

उसको  कथा खोतल्ने असफल प्रयास गर्छु । उ अर्को भेटमा  भन्दै  पन्छिन खोज्छे ।  म अझै ढिपी गर्छु उ फेरी मलाई पत्रकारको बिल्ला भिराउछे ।  हैन हैन म पत्रकार हैन भन्दै यो पटक पनि अब कुन कथा सुनाउ सोच्न थाल्छु  ।

कोटेश्वर जाने  गाडी रोक्ने ठाउँ, पशुपति  छिर्ने मुख्य द्दारको रेलिंगमा लगेर उसले मलाई उभ्याकी छे गौसला चौकमा ।  दिन भरीको हर्कतले दिउँसो खाएको गाँजाले छोडिसकेको छ, त्यसैले शरीर अल्छी अल्छी भाको अनुभव गर्दै छु ।  ट्राफिक प्रहरी सकिनसकी सिठी फुक्दैछन । त्यही पर्तिर जेब्रा क्रसिंग भए पनि मान्छे हरु यहिँ बिचै बाट पशुपति एरिया छिर्दैछन । चाडो गृह प्रवेश गर्न मान्छेहरु तछाडमछाड गर्दै हिड्दैछन् तर उनीहरुको हिडाईको गति हेर्दा  लाग्छ उनीहरु नहिडेर  दौडिदैछन् ।

उता हेर , रोड तर्फ नियालीरहेको  मलाई उ नाग्लो पसल तर्फ हेर्न भन्छे,  मधु मिठाई चुरोट  बेचिरहेकी एक अधवैसे फोहोरी मोटी  महिला  तिर  देखाउदै। झ्याप्प दारी ,दुम्सीको जस्तो कपाल  भएको केटा त्यो नाग्ली महिला  सँग केहि बोल्छ र चुरोट किनेर त्यही सल्काएर तान्न थाल्छ ।

म  के हेर्नु भने झैँ गर्छु ? उ थोरै हच्किदै बोल्छे आज म आफै छक्क पर्दैछु यो दिदिले किन गाँजा बेचिरहेकी छैनन् , नभए सधै हामीले पनि किन्ने यहीं हो ।

देशको राजधानी काठमाडौंमा दिउँसै त्यो पनि प्रहरी कार्यालय छेउमै , पाशुपतिको मुख्य द्दारमै गाँजा बेच्छन भन्दा  म पत्याउछु ? उसलाई म झनै ढाडस दिन्छु ताकी उ यो विषयमा अरु बकोस ।

गाँजा पाईन्छ भन्ने प्रमाण देखाउन नसक्दा  उ ब्याकुल हुन्छे । तर हार्दीन आफ्नो वचनमा दृढ हुँदै बोल्छे  आज यिनीहरुलाई नबेच्नु भन्ने खबर आएको होला , त्यस्तो हो भने गाँजा खोज्ने केटाहरुको भिड यहाँ ह्वातै बढ्छ भन्दै ऊ  यता उता हेर्छे  म अझै नपत्याए झैँ गर्दिन्छु ।

नभन्दै अध्यारो बढ्दै जाँदा थरीथरीका १८-२२  वर्ष का केटाको हुल  बढ्दै जान्छ, त्यहाँ  केहि स्त्री पनि थपिन्छन| नाग्ले महिलालाई भने आज छैन भन्ने इसारा गर्दै ठिक्क हुन्छ । एउटा अग्लो केटा बाईक बाट नउत्री रेलिंग बाहिरै बाट  सयको नोट दिन्छ तर ती  अर्की बृद्द आमा  पैसा नसमाई छैन, अहिले जाँ भने झैँ गर्छिन । केटो कत्ति खेर आउँछ ? फेरी सोध्छ । बृद्द आमा पुन हातैले धपाउन खोज्छिन र सुस्तरी पुलिस घुमिराको छ भन्छिन ।

चिसो र अध्यारो एक  साथ् बढ्न थाल्दा नाग्ले महिलाहरु क्रमश पसल  उठाउन थाल्छन। पसल त उठाउछन तर केटाहरुले पछ्याउँन छाड्दैनन् । पछाडी फर्केर केटाहरुलाई गाली गर्दै  धपाउदै अघि बढ्छन त्यतिकैमा अध्यारोले उनीहरु देखिन छोड्छन |

अब आज जाउ सबै दृश्य नियाले पछी उ बोल्छे ?

तिमि चै यतै बस्ने ? म तुरुन्तै जवाफ फर्काउछु ।

मेरो पार्किंगमा जानु छ।

तिमि कता पो जाने हो ? उ फेरी सोध्छे ।

भक्तपुर ? अनि तिमि

स्वयम्भु । बाटो नमिल्ने रैछ, भोलि भेट्नु हेर्न मन भए  अनि  देखाईदिन्छु ऊ भन्छे ।

कसरी भेट्ने ? म अड्चन थाप्छु

मोबाईल नम्बर लेनदेन हुन्छ ।  उ गौसला बाट पशुपति छिर्ने ओरालो झर्छे ,औलाको  चाबी नचाउदै । म पनि गाडी चड्छु कानमा इयारफोंन घुर्सार्दै ।

गौसला पुगेर  हिजोकै रेलिङ्गमा अडिन्छु । आज नयाँ नाग्ली महिला मुढामा बसेकी छिन  चुरोट तान्दै । हिजोका आउँनै बाँकी होलान सोच्दै यता उता हिड्छु ।

मोवाईल बज्छ, उसैको रैछ कुद्दै तल ओरालोमा आउँन भन्छे । म त्यसै गर्छु पशुपति छिर्ने ओरालोमा रहेको ठुलो रुख नजिकै पुगेर उसलाई हेर्छु । तर देख्दिन वरपर रहेका स्कुटरमा  नजर लाउछु कहिँ कतै देखिन्न । मोवाईल पुन बज्छ,उ अलिक तल   कार बाट हात हाल्लाउदै रैछ। मलाई ठुलो रुख  तर्फ  हेर्न लगाउछे ।

आँखै अगाडी  दुई पातली केटीहरु टुक्रुक्क बसेर ब्रा बाट गाँजा निकाल्दै दिदै हुन्छन शुरुमा पैसा लिएर । केटाहरु गाँजा लिन्छन र हत्तपत्त गोजीमा राख्दै सिधै बस बिसौनी तर्फ लाग्दै हुन्छन ।

म पनि उनीहरु नजिकै पुग्छु बेच्ने केटी म सँग  आँखा जुदाउछे र माल लाने हो भने झैँ गरेर आँखा कै इसारामा  सोध्छे ।

म मुन्टो हल्लाएर हो भन्छु । उ बुढी औला अर्को औला सँग रगेटर पैसाको संकेत गर्छे म हजारको नोट दिन्छु ।

खुद्रा छैन भन्दै ३ पोका गाँजा र सात सय मलाइ फिर्ता आउँछ । म एक पोका मात्र भन्छु तर उनीहरु नसुनेझै गरेर अरुलाई सेवा दिन थाल्छन । माथी सक्किएछ अब  शुरुवाल भित्र  बाट निकाल्न थाल्छन |

म त्यहाँ बाट कार भए तिर  अघि बढ्छु उसको छेउमा पुगेर  पोका देखाउछु उ गोजीमा राख्न भन्छे ।

अब त पत्याउछौ ? उ सोध्छे ।

म मुन्टो हल्लाएर सहमति जनाउछु ।

अब के गर्छौ उ पुन सोध्छे ?

चाडो कोठा पुगेर कथा लेख्न थाल्छु, म भन्छु ?

के विषयमा ? उ फेरी प्रश्न राख्छे ?

हिजो र आजको घट्नामा , म भन्छु |

के शिर्षक राख्छौ नि ? कारको ढोका खोल्दिदै उ फेरी बोल्छे ?

“गाँजा खाने केटी “।

पर्ख  तिमीलाई भन्दै  उ गाडी स्टाट गर्छे ।

तिमीले अर्को भेटमा आफ्नो कथा सुनाउने भनेकी छौ ? म उसलाई हिजोको घटना स्मरण गराउछु ।

किन यसको भाग दुई पनि लेख्न उ थोरै मुस्कुराउदै उत्तर दिन्छे । नेपाली सुमनको प्रोफाइल बाट

 

नेपाली सुमन

Twitter : @nepalisuman2072

              [email protected]