काठमाडौं ।  सन्दिप लामिछाने एतिबेला जता ततै उनकै मात्र चर्चा भएको पाईन्छ । उनि एतिबेला इन्डियन प्रिमियर लिग आईपीएल खेल्ने पहिलो नेपाली भएका छन्। आईपीएलको बेंगलोरमा  जारि अक्सनमा सन्दिपलाई दिल्ली डेयर डेभिल्स टिमले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको छ ।

लेग स्पिन बलिंग र गुगलीको कारण परिचित सन्दिप आईपीएल अक्सन सुचीको २७६ औं नम्बरमा थिए र एसोसिएट रास्ट्रबाट यो
सुचीमा पर्ने दोश्रो खेलाडी थिए।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सन्दिप लामिछानेलाई हार्दिक बधाई तथा सफलताको कामना दिएका छन ।  नेपालबाट पहिलो पल्ट प्रतिष्ठित आइपिएल खेल्न छनौट भएका १७ वर्षीय सन्दिप लामिछानेलाई सामाजिक संञ्जाल मार्फ़त ट्वीट गर्दै शुभकामना दिएका हुन ।

भट्टराईले शुभकामना दिदै भने , ‘ उनको यस यात्रा समग्र नेपाली क्रिकेट जगतको लागि खुशीको कुरा हो ।आगामी दिनमा पनि नेपाली क्रिकेटका प्रशंसकहरूले यस्तै खुशीको खबरहरू सुन्ने थप अवसरहरू पाउन् !’ हेरुम उनले गरेको ट्वीट जस्ताको तस्तै