पूर्वराजा शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ भयंकर प्लान, ओलीको पनि साथ ?

प्रकाशित मिति : : सोमवार, माघ २२, २०७४

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेशमन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणलगत्तै ज्ञानेन्द्र ओडिसाको जगन्नाथपुरी दर्शनका लागि भारत जान लागेको निर्मल निवास स्रोतले जनाएको छ । उनलाई त्यहाँका शंकराचार्यले विशेष अनुरोध गरी दर्शनका लागि मुख्य अतिथिका रुपमा आमन्त्रण गरेका छन् । पूर्वराजा यसअघि गत पुसको तेस्रो साता भारत गएका थिए ।

शाह उत्तरप्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथको विशेष आग्रहमा पुसको तेस्रो साता लखनउ गएका थिए । त्यँही बेला शंकराचार्यले निम्तो दिएका थिए । विशेष आग्रहपछि आदित्यनाथले पनि जोडबल गरेका थिए । त्यसकै कारण पूर्वराजा ओडिसा जान लागेको बुझिएको छ ।

पूर्वराजा सोमबार अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको विमानबाट कोलकाता जानेछन् । सोमबार कोलकातामै रहने छन् । मंगलबार पनि उनी कोलकातामै रहने छन् । बुधबारसमेत उनी कोलकातामै रहने छन् ।

तीन दिनसम्म कोलकातामै रहेर कुनै राजनीतिक छलफल वा भेट नहुने बुझिन्छ । शाहकी फुपु नलिनी उत्तराञ्चलमा रहेकाले भेट हुन सक्ने बुझिएको छ । बिहीबार भने पूर्वराजाले गौशाला डब्लु डब्लु डब्लु काउको उद्घाटन गर्ने कार्यक्रम छ । यसमा हरेक राज्यका राजामहाराजाहरुसमेत सहभागी हुनेछन् । पूर्वराजाले त्यहाँ वौद्धिक वर्गसंग भोजमा सहभागी हुने कार्यक्रम छ । यहाँ विशेष राजनीतिक छलफलसमेत हुने बताइन्छ ।

माघ २६ गते बिहिबार मात्र पूर्वराजा शाह जहाजमा भुवनेश्वर गएर जगन्नाथ पुरी दर्शन गर्न जाने कार्यक्रम छ । जनन्नाथ पुरीको कार्यक्रम शुक्रबार र शनिबार रहेको छ । एकहप्ता बसाइका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग पनि टेलिफोन वार्ता हुन सक्ने सम्भावना रहेको स्रोत बताउँछ ।

यस्तो छ प्लान

सुत्रहरुका अनुसार नेपालमा संवैधानिक राजसंस्था भारतले चाँहिरहेको छ । यसको नेतृत्व ज्ञानेन्द्र शाहले गरुन भन्ने भारत चाहन्छ । उनलाई आवश्यक सहयोग गर्ने इच्छा समेत उनले देखाएका छन् । जसका कारण उनलाई भारत भ्रमण गराउन धार्मिक गुरुले जोडबल गरेका हुन् । संवैधानिक राजसंस्थाको मुद्दामा एमालेका शीर्ष नेताहरु, अध्यक्ष केपी ओली सकारात्मक छन । पछिल्लो समय ओली र भारतको ट्युनिङ पनि मिलिरहेको अवस्थामा ज्ञानेन्द्रको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । धेरैले उनको भ्रमण राजसंस्था पुनर्स्थापनाका लागि बल पुग्ने विश्वास गर्छन । तर, तत्कालैको निर्वाचनबाट जनादेश पाएको कम्युनिष्ट सरकार बन्ने तयारी हुँदा राजसंस्था कसरी फर्केला यो चासो विषय छ । गणतन्त्रमा पनि राजसंस्था स्थायित्व रहने विभिन्न अन्तर्राष्ट्रिय उदाहरणसहितका आवाज आउन थालेपछि अहिले पूर्वराजाको सक्रियता बढेको हो । उनले भारतका प्रभावशाली नेताहरुलाई भेट्ने बुझिएको छ । नयाँ सरकार निर्माणमा ज्ञानेन्द्रको भारत भ्रमणले केही असर पार्ने देखिएको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाइ पनि नेपालमा राजतन्त्र ल्याउन सक्रियता देखाएको आरोप लगाइएको छ ।  भूमिका कसरी दिने र कस्तो प्रकारको दिने भन्नेबारे छलफलमै रहे पनि पूर्वराजसंस्था भित्र्याउन विशेष पहल गर्ने बताइएको छ । नेपाललाई हिन्दू राज्य बनाउनका लागि पनि भारतीय सरकार कस्सिएर लागेको छ । भारतीय सरकारले अहिले राजसंस्था ब्यूँताउन पनि अनेक किसिमका खेलहरु खेलिरहेको बुझिन्छ । –नेपाल पानामा खबर छ

संघीयताको सकस र यसले निम्त्याउने सकारात्मक भन्दा नकारात्मक सन्देश छर्दै राजसंस्थालाई ठाउँ दिन खोजिएको बताइन्छ । पूर्वराजाको यो भ्रमण कत्तिको फलदायी होला यसको छिनोफानो भोलिका दिनले गर्ने नै छन् ।