राष्ट्रपति भण्डारीका कारण एमालेभित्रै विवाद, पार्टीबीच खैलाबैला

प्रकाशित मिति : : सोमवार, माघ २२, २०७४

uml

आइतबार प्रचण्ड र ओलीलाई भेट गरेकी भण्डारीले ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष बन्ने गरी एकता गर्न सुझाब दिएको बताइएको छ ।
दुवै अध्यक्षलाई एकसाथ लञ्च मिटिङमा बोलाएर भण्डारीले आफू राष्ट्रपतिमा दोहोरिन चाहेको बताएकी छिन् । जुन कुराले गर्दा एमाले भित्रै विवाद उत्पन्न भएको छ ।

राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा एमाले र माओवादीबिच भागबण्डाको विषय बनिरहँदा भण्डारीले आफूलाई अब एक कार्यकाल मौका दिन आग्रह गरेकी हुन् ।

ओली त पहिलेदेखि नै भण्डारीकै पक्षमा थिए । भण्डारीले उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुनलाई नै दोहो¥याउन आग्रह गरेकी छिन् ।