यतिबेला केन्द्रमा वामपन्थी गठबन्धन सरकार बनाउन अग्रसर छ भने उता  नेताहरुले पनि विभिन्न कोणबाट पार्टी एकाताकै निम्ति बहस तथा संवादहरु जारी गरिरहेका छन् । सोहि बाहुल्य रहने प्रादेशिक सरकारको नयाँ अभ्यासमा समेत मुलुक प्रवेश गर्दैछ । तराई केन्द्रित दलको बहुमत रहेको प्रदेश २ मा पनि सरकार निर्माणको सरगर्मी चलिरहेको छ । तर मधेस आन्दोलनमा निर्णायक भूमिका खेलेका केही नेता झण्डै ओझेलमा छन् । तीमध्येका एक हुन्, नेता हृदयेश त्रिपाठी । तराई मधेस लोकतान्त्रिक पार्टी छाडेर स्वतन्त्र राजनीितक समूह बनाएका उनी सहितको समूह एमालेको सूर्य चिह्न लिएर चुनाव लडेको थियो । नवलपरासी क्षेत्र १ बाट विजयी भएका त्रिपाठी बाम गठबन्धनबाट  ३८ हजार ५ सय ९२ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । केन्द्र र प्रदेशमा सरकार गठनको तयारी भइरहेका बेला उनी कस्तो राजनीति योजना बुनेर बसेका छन् ? बीबीसीले त्रिपाठीसँग गरेको कुराकानी सान्दर्भिक हुने ठानेर हामीले यहाँ प्रस्तुत गरेका छौंः

सधैं चर्चामा रहने नेता ओझेल पर्दा बाटो बिराइएछ भन्ने लागेको छैन ?
त्यस्तो केही लागेको छैन । आफूले लिएको बाटोमा म सन्तुष्ट नै छु । चर्चामा आउन अनावश्यक काम कारबाही गर्न पनि त भएन नि ।

एमालेको नेतृत्वमा सरकार बनाउने तयारी भइरहेको केन्द्रमा । तपाईं सहभागी हुनुहुन्छ ?
अझै सम्म यो विषयमा कुराकानी भएको छैन । यदि वाम गठबन्धनले स्वतन्त्र राजनीतिक समूहलाई सरकारमा सहभागी गराउने र कुनै जिम्मेवारी दिने सहमति बन्यो भने त्यही अनुसार अघि बढ्छौं । यदि केही दिइएन भने पनि वाम गठबन्धनलाई सहयोग पुग्नेगरी अगाडि बढ्छु । अब स्वतन्त्र रुपमै रहने कि एमालेसँग एकीकरण गर्ने ? कांग्रेस सरकार हुँदा मधेसी समुदायमाथि बढी अत्याचार भएको बताउँदै उनले एमालेको चुनाव चिन्ह लिएर चुनावमा होमिए पनि जनतामा उत्साह र विश्वास केही नघटेको बताएएका छन्  ।