पृथ्वीसुब्बा गुरुङलाई प्रदेश ४ को मुख्यमन्त्री बनाउने सहमति

प्रकाशित मिति : : आइतवार, माघ २८, २०७४

पोखरा । प्रदेश ४ को मुख्यमन्त्री एमाले केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङलाई बनाउने सहमति भएको छ  । पार्टीका दुई प्रभावशाली नेता पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङ दुवैले मुख्यमन्त्रीको दाबी गरेपछि सहमति जुट्न सकश भएको हो ।

 

मुख्यमन्त्री चयनका लागि निर्वाचन नै गर्नुपर्ने अवस्था सृजना भएपछि एमाले जिल्ला कमिटी कास्कीको सभा हलमा बसेको बैठकले पृथ्वीको नाममा सहमति जुटाएको हो । चुनाव हुने अवस्था आएपछि सहमति जुटाउने प्रयासमा केन्द्रबाट महासचिव ईश्वर पोखरेल पोखरा पुगेका थिए ।  यद्यपी औपचारिक घोषणा भने केहीबेरमा एमाले संसदीय दलको बैठक बसेर गरिने बताइएको छ ।

यसअघि सहमति नजुटेको खण्डमा निर्वाचन गराउनका लागि निर्वाचनको कार्यतालिका समेत घोषणा भइसकेको थियो । अन्तिम समयमा आएर पृथ्वी सुब्बा गुरुङलाई मुख्यमन्त्री बनाउने सहमती भएको हो ।

प्रदेश ४ का कुल ६० सांसदमध्ये एमालेका २७ जना छन् । त्यसमध्ये अधिकांश सांसद संस्थापन पक्षका छन् । आकांक्षी दुवै संस्थापन पक्षका रहेकाले नेता छान्न नेतृत्वलाई मुस्किल परेको हो ।