जनादेशअनुसार अब छिट्टै सत्ता हस्तान्तरण हुन्छ : अध्यक्ष थापा

प्रकाशित मिति : : सोमवार, माघ २९, २०७४

kamal-thapa-rpp-n-chair

kamal-thapa-rpp-n-chairधनगढी । उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले जनताको पछिल्लो जनादेशअनुसार वर्तमान सरकारले चाँडै सत्ता हस्तान्तरण गर्न लागेको बताएका छन् । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संघीय संसद् गठनको पूर्णतामा समय लागेकाले सत्ता हस्तान्तरणमा पनि समय लागेको स्पष्ट पारेका छन् ।

ऊर्जा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका थापाले भने, “ अब ऊर्जाको विकासबाट मात्र देशमा समृद्धि र बिकास हुन्छ ।”

अब बन्ने नयाँ सरकारलाई आफूहरुको रचनात्मक सहयोग रहने उनले बताए ।