माओवादीसंग अझै बैचारिक र सैदान्तिक एकता मिल्न बाकि रहेको ईश्वर पोखरेलको भनाई, वाम गठबन्धनको माहोल खल्बलियो

प्रकाशित मिति : : सोमवार, माघ २९, २०७४

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसंगको पार्टी एकता ‘गाई हेर्न गएका गोठालाले काँध मिलाए जस्तो’ सहज नभएको बताएपछि वाम गठबन्धनको समग्र  माहोल खल्बलिएको छ  । नेपाल निर्माण उद्योग परिषद्को तेस्रो राष्ट्रिय अधिवेशनको सोमवार उद्घाटन गर्दै महासचिव पोखरेलले माओवादीसंग कयौं बिषयमा कुरा मिल्न बाँकी रहेकाले एकता भन्दा पहिला संगठनात्मक, बैचारिक र सिद्धान्तको एकता मिल्नु पर्ने बताए ।