मुक्तिनाथको नयाँ शाखा बानेश्वरमा खुल्यो

muktinath bank

मुक्तिनाथ विकास बैंक लिमिटेडको नयाँ शाखा बानेश्वरमा खुलेको छ । उसले सम्पूर्ण बैंकिङ कारोबार गर्ने गरी आजबाट नयाँ शाखा शुभारम्भ गरेको हो ।

सोमबार आयोजित एक कार्यक्रमका बीच राष्ट्र बैंकका पूर्वगर्भनर, पूर्वपरराष्ट्र तथा अर्थमन्त्री डा भेषबहादुर थापाले नयाँ शाखाको उदघाटन गरे ।

बैंक सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको कारोबार तथा भावी रणनीतिबारे बोलेका थिए ।

कार्यक्रममा बैंकका अन्य सञ्चालक, संस्थापक सदस्यहरु, स्थानीय व्यापारी, बुद्धिजीवी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको समेत बाक्लो उपस्थिति थियो ।

बानेश्वरमा नयाँ शाखा खुलेसँगै मुक्तिनाथको उपत्यकाभित्रको शाखा संख्या ९ पुगेको छ । उपत्यका बाहिर ६५ शाखा रहेको बैंकले एक शाखा थपेर देशभर ७४ शाखा पुर्याएको जनाएको छ ।

बैंकले ०७४ पौष मसान्तसम्म कूल निक्षेप गतवर्षको यही अवधिको तुलनामा ४९.०८ प्रतिशतले वृद्धि भई रु. २१ अर्ब ७४ करोड पुगेको जनाएको छ । त्यसैगरी कूलकर्जा लगानी ४७.६६ प्रतिशतले वृद्धि भई १९ अर्ब ३३ करोड पुगेको जानकारी उक्त अवसरमा दिइयो ।

यसैबीच, बैंकले २६ करोड ४४ लाख मुनाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा १८.४४ प्रतिशतले बढी हो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट

प्रचण्डले किन गरे यस्तो डरलाग्दो संकेत? prachanda

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई......

मध्यरातमा भयो एमाले माओवादी बीच यस्तो सहमती, जिल्लिए प्रचण्ड kp oli and prachanda

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, सभामुख, राष्ट्रियसभा......

अमेरिकाले उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा trump-kim

अमेरिकाले उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउने घोषणा......

देउवा सरकारको निर्णय उल्टाउने केपीको कदमविरुद्ध अदालतमा रिट sarbochha adalat

काठमाडौँ । देउवा सरकारको निर्णय उल्टाउने केपी ओली नेतृत्वको......

भावी राष्ट्रपति बन्ने लहरमा को को ? सम्भावना कस्को बढी (मतसहित) rastrapati-karyalaya

काठमाडौं । प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड......

‘प्रचण्डले पार्टी छाडे’ प्रचण्ड

काठमाण्डौं । माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किरातीले अध्यक्ष......

हेलो प्रचण्ड, अब त मन दुःखेर पनि पत्थर भयो !

हातमा एक चिर्कटो बोकेका उनी मञ्चमा पुगे । मञ्चमा......

दुई दिन विद्युत् आपूर्ति बन्द हुने

लमजुङ, ११ फागुन । लमजुङमा दुई दिन विद्युत् आपूर्ति......

© 2017 Akhabar Dainik. All right reserved | Site by : Sobiztrend