बनेपा । नेकपा (माओवादी) केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले फागुन १० गतेभित्र वामपन्थीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् ।

प्रेस सेन्टर नेपालले जनयुद्ध दिवसका अवसरमा आज बनेपामा आयोजना गरेको ‘वामपन्थी एकता आवश्यकता र चुनौती’ विषयक अन्तरक्रियामा उनले भने, ‘निर्वाचन आयोगको ढिलाइका कारण सरकार गठन छिटो हुन नसकेको हो ।’

नेता पौडेलले नयाँ समाजवादी क्रन्तिको कार्यनीतिका आधारमा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन लागेको जानकारी दिदैं स्वदेशी तथा विदेशी शक्ति केन्द्रलाई पार्टी एकताको चुनौती भएको बताए ।

दुवै पार्टीको पृष्ठभूमिका आधारमा नयाँ पार्टी बन्न लागेको जानकारी दिँदै उनले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने दृढता व्यक्त गरे ।

नेता पौडेलले भने, “हामी कसैले पनि पद र प्रतिष्ठाका लागि पार्टी एकतामा अवरोध ल्याए, त्यो ठूलो भूल हुनेछ ।”