यादव प्रदेश २ को सभामुखमा निर्विरोध निर्वाचित

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन १, २०७४

धनुषा । प्रदेश २ को सभामुखमा राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका सांसद सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।

संसद् सचिवालयका सचिव वंशीराज पौडेलले सभामुख पदका लागि यादवको एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

यादव सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा भने बुधबार मात्रै हुनेछ ।