सुन्दर कपालको लागि प्रयोग गर्नुहोस् घरेलु यस्ता बिधिहरु

प्रकाशित मिति : : बुधबार, फाल्गुन २, २०७४

सुन्दर कपाल सुन्दरताको प्रतिक हो। यसको लागि कपाल स्व्यम् स्वस्थ्य हुनुपर्छ। शरिर सुन्दर भए पनि सो अनुसार कपाल छैन भने त्यो सुन्दरताले अरुलाई आकर्षित गर्न सक्दैन।

खासगरि शहरि क्षेत्रमा बस्ने महिलाहरुलाई कपाल सम्बन्धि बढि समस्या हुने गर्छ। बढ्दो शहरिकरण, धुँवा, धुलो, प्रदुषन यसको प्रमुख कारण हुन्।

तर तपाइ घरमै बसेर पनि आफ्नो कपाललाई सुन्दर र लामो बनाउन सक्नुहुन्छ। यसको लागि तपाइले धेरै समय र धनको खर्च पनि गर्नु पर्दैन।

सुन्दर र लामो कपलको लागि निम्न तरिकाहरु अपनाउनुहोस :

१) कपालको सबैभन्दा प्रमुख समस्या भनेको कपाल झर्नु हो । यसको रोकथामको लागि कुनै पनि प्राकृतिक तेल लिनुहोस जस्तै : तोरिको तेल, नरिवलको तेल, बदामको तेल आदि। तेललाई तताउनुहोस र हातले कापल मालिस गर्दै लागाउनुहोअस। करिव एक घण्टा पछि श्याम्पुले नुहाउनुहोस।

२) नरिवलको दुध लिनुहोस र त्यसलाई कपालको जरासम्मै पुग्ने गरि मालिस गर्नुहोस। दुइ वा तिन घण्टा पछि नुहाउनुहोस।

३) तोरिको तेललाई तताउनुहोस र त्यसमा मेहन्दिको पात हाल्नुहोस। मेहन्दिको पात नपाकुनुन्जेल तेल तताउनुहोस। त्यसपछि तेलेलाई छन्नुहोस र कपालमा मालिस गर्नुहोस।

४)दहिमा बेसनको पिठो मिसाउनुहोस र त्यसमा केहि मात्रामा बेसारको धुलो मिलाई पेष्ट बनाउनुहोस। यसरि बनेको पेष्टलाइ लगाउनुहोस र नुहाउनुहोस।