दिनमा कति घण्टा मोबाइल चलाउनु हुन्छ तपाईहरु? यस्तो छ जापानी युवतीहरु अस्चार्यजनक कुरा

प्रकाशित मिति : : बुधबार, फाल्गुन २, २०७४

जापानमा हालै गरिएको एक नयाँ सर्वेक्षणमा उच्च माध्यमिक तहमा अध्ययन गर्ने युवतीहरुले एक दिनमा ७ घण्टासम्म मोबाइल प्रयोग गर्ने गरेका पाइएको छ ।

ती युवतीमध्ये करिब १० प्रतिशतले त दिनमै १५ घण्टासम्म पनि मोबाइल चलाउने गरेको सो सर्वेक्षणले देखाएको छ । प्रायः २० वर्षभन्दा कम उमेरका ती युवतीहरुले भन्दा युवाहरुले कमैमात्र समय खर्चिने गरेका छन् । उनीहरुले भने दिनमा चार घण्टामात्र मोबाइल चलाउने गरेका पाइएको हो ।सूचना सुरक्षा नामक एक व्यवसायिक संस्थाले गरेको उक्त सर्वेक्षणमा पाइएको सो अवस्था बारेको तथ्य  सार्वजनिक गरिएको हो । ती युवायुवतीहरुले सामाजिक सञ्जालमा आफ्नो मोबाइल फोनको प्रायोग बढी मात्रामा गर्ने गरेको पनि बताइएको छ ।  जापानी तथा चिनियाँ युवायुवतीहरुले पछिल्लो समयमा निकै धेरै मात्रामा मोबाइल फोनको प्रयोग गर्ने गरेको र यसका कारण उनीहरुमा इन्टरनेट वा सामाजिक सञ्जालको प्रयोगमा दुव्र्यशन बढेको भन्ने बारेका समाचारहरु आइरहेका बेला यो तथ्य बाहिर आएको छ ।

जापानी उच्च माध्यमिक विद्यालयमा अध्ययनरत ९६ प्रतिशत युवायुवतीले मोवाइल फोनको प्रायोग गर्ने गरेका जनाइएको छ । त्यसैगरी निम्न माध्यमिक तहका विद्यालयका विधार्थीहरुले भने ६० प्रतिशतले मात्र यो फोन प्रयोग गर्ने गरेका बताइएको छ ।

दश बर्षको उमेरबाट नै जापानी बालबालिकाले मोबाइल फोन प्रयोग गर्ने गरेका बताइएको छ । सो उमेरका चारमा एकजना बालिबालिकाले यो फोन प्रयोग गर्ने गर्छन् । एजेन्सी