दरबारमार्ग वृत्त छिरे प्रचण्डका पिएसओ मल्ल, के गर्लान अब ?

प्रकाशित मिति : : आइतवार, फाल्गुन ६, २०७४

काठमाडाै । महानगरीय प्रहरी बृत दरबारमार्गको जिम्मेवारी डिएसपी दानबहादुर मल्ललाई दिइएको छ ।

दरबारमार्गका तत्कालीन प्रमुख डिएसपी तीलक भारती बलात्कार घटनामा मुछिएपछि उनलाई कारबाहीको लागि जिल्लामा तानिएको थियो । दरबारमार्गमा यस अघिनै आउने कोशिस गरे पनि मल्ल आउन भने सकेका थिएनन् । मल्ल लामो समयदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पिएसओका रुपमा काम गर्दे आएका थिए । सामुहिक बलात्कार घटनामा मिलापत्र गराउदा डिएसपी भारतीको समेत संकास्पद भुमिका रहेको छानबिन प्रतिवेदनका आधारमा उनलाई हटाइएको हो ।

माघ ७ गते माघ ७ गते कमलादीको ल्याण्डमार्क होटल एण्ड अर्पाटमेन्टमा एक युवतीमाथि सामूहिक बलात्कार भएको थियो। जून घटनामा युवतीले प्रहरीमा उजुरी गरेकोमा प्रहरीकै सहयोगमा पछि मिलापत्र गराइएको थियो। घटना बाहिर आएपछि प्रहरीले वृत्तका इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा परीसकेका छन्।

नेताहरुको सिफारीसमा सरुवा हुनेहरुले शान्ति सुरक्षामा भन्दा कमाउनमा केन्द्रीत हुने भएकाले समस्या आउने गरेको छ। हटाइएका डिएसपी भारती पनि माओवादी नेताहरुकै सिफारीसमा दरबारमार्गमा सरुवा भएका थिए।
दरबारमार्ग वृत्त डिएसपीहरुको पहिलो रोजाईमा पर्ने गर्दछ। जहाँ क्षमताको आधारमा भन्दा पनि ठुला नेताहरुको सिफारीसमा पर्ने डिएसपीहरुको मात्र सरुवा भएको छ। यसपटक पनि त्यस्तै भएको छ।