एनआरएनका अध्यक्ष अर्जुन तामाङद्वारा राजिनामा

प्रकाशित मिति : : बिहिबार, फाल्गुन १०, २०७४

गत फेब्रुअरी १८ तारिकको साँझ नेपाल पत्रकार महासंघले कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतका अध्यक्ष अर्जुन तामाङले आक्रमण गरी घाइते बनाएको घटना सार्वजनिक भए संगै गैरआवासीय नेपाली संघ केन्द्रिय कार्यालय, नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय नेपाल, नेपाल पत्रकार महासंघ, बैदेशिक सम्पर्क शाखाहरूले आफ़नो ध्यानाकर्षण भएको जनाउदै आक्रमणको घोर भत्र्सना गर्दै बिज्ञप्ति जारी गरेका थिए । घटनाको सर्वत्र आलोचना भए पछि सन २०१५ देखि एनआरएनएको नेतृत्व गर्दै आएका अध्यक्ष तामाङले घटनाको नैतिक ज़िम्मेवारी लिदै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको अध्यक्ष पदबाट आज राजिनामा दिएका छन ।
 अध्यक्ष तामाङले कोशेली पत्रिकाको दशौ बार्षिक उत्सवमा आफुलाई बोलाएर आफु माथि गरिएको अपमानजनक ब्यबहारको बारेमा छलफल गर्दा  अध्यक्ष न्यौपाने र आफु बीच हालाहाल भएको र सोहि बिषयलाई संसार भरका मिडिया र सामाजिक संजालहरुमा अतिरन्जित तरिकाले आफ्नो व्यक्तिगत चरित्र र आफुले प्रतिनिधित्व गरेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको गरिमा नै आच आउने गरि प्रचारबाजी गरिएकाले आफुले गरिमामय सस्थाको गरीमामय पदमा बसेर कुनै पनि कार्य सम्पादन गर्न उचित नठानेको जनाउदै राजिनामा दिएको पत्रमा उल्लेख छ  ।
घटनाको बिषयमा अध्यक्ष अर्जुन तमाङ र नेपाल पत्रकार महासंघ, बैदेशिक सम्पर्क शाखा, कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने बीच हिजो २० फेब्रुवरीमा नेपाली दुतावास कुवेतमा एक कार्यक्रमका साथ मेलमिलाप गर्ने समझदारी भइ सकेको छ  । नेपाल पत्रकार महासंघ, केन्द्रिय कार्यालय नेपाल, नेपाल पत्रकार महासंघ, बैदेशिक सम्पर्क शाखा, कुवेत, गैरआवासीय नेपाली संघ, केन्द्रिय कार्यालय नेपाल, तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतबीचको सम्पर्कमा एवं नेपाली दुताबास कुवेतको अभिभाक़त्वमा गरिएको समझदारीमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष अर्जुन तामाङले यस घटना प्रति दुःख व्यक्त गर्दै अब उपरान्त यस्तो घटना नदोहोरिने भन्दै माफी मागेको तथा नेपाल पत्रकार महासंघ, बैदेशिक सम्पर्क शाखा, कुवेतकका अध्यक्ष हरिकृष्ण न्यौपानेले माफी स्वीकार गरी समझदारी गरी सहमती गरि सकेका छन् ।