शेयर बजार गिरावटको बारेमा यसो भन्छन् अर्थमन्त्री डा. युवराज खतिवडा

प्रकाशित मिति : : आइतवार, फाल्गुन २०, २०७४

yubraj khatiwoda

काठमाडौँ । आइतबार कारोबार खुलेदेखि नै निरन्तर ओरालो लागेको सेयबजार परिसूचक नेप्से १२ सय अंकमा झरेको छ । १३४५ अंकमा खुलेको बजार ३.७२ प्रतिशत अर्थात ५०.०७ ले झरेर १२९५.९२ अंकमा झरेको हो ।

अर्थतन्त्रका ज्ञाता डा. युवराज खतिवडा अर्थमन्त्री आएपछि बजार निरन्तर घटिरहेको छ । गत बुधवार बिबिसी नेपाली सेवामा दिएको अन्तरवार्तामा अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार र घर-जग्गा अनुत्पादक भएको बताएका थिए । खतिवडाको उक्त अभिव्यक्तीपछि निरन्तर घट्ने क्रममा रहेको सेयर बजारमा उच्च अंकको गिरावट देखिएको हो ।