मुक्तिनाथ विकास बैंक लि.को ललितपुरमा नयाँ शाखा विस्तार

प्रकाशित मिति : : आइतवार, फाल्गुन २०, २०७४

Lagankhel (1)

ललितपुर । मुक्तिनाथ विकास बैंक लि.को ललितपुर महानगरपालिका वडा नं. ५ स्थित लगनखेल कर्मचारी संचय कोषको भवनमा नयाँ शाखा विस्तार भएको छ । उक्त शाखाको मिति २०७४ फागुन २० गते नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर श्री दिपेन्द्र पुरुष ढकालले समुद्घाटन गरेका छन् । सोहि समुद्घाटन कार्यक्रमको सभापतित्व बैंकका सञ्चालक समितिका सदस्य श्री गजेन्द्रमान श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा बैंकका संचालक समितिका सदस्य श्री नारायण कुमार श्रेष्ठले स्वागत मन्तव्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री भरतराज ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाको बारेमा व्याख्या गरेका थिए ।

शुभकामना मन्तव्यकै क्रममा ललितपुर मलका प्रबन्ध निर्देशक श्री नेपाल डंगोलले नेपाली समाजमा सुहाउँदो बित्तीय सेवाहरु संचालन गरी आम जनताको सामु पु¥याउन सफल बैंकको प्रगतिको कामनाका साथै बैंकिङ्ग कारोबार संचालनमा आँफ्नो पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि श्री दिपेन्द्र पुरुष ढकालले बैंकिङ्ग क्षेत्रमा आफुले कार्य गर्दा सिकेका अनुभवहरुलाई आजको वित्तीय क्षेत्रको विकाससंग तुलना गर्दै देश विकासमा बैंकिङ्ग र वित्तीय क्षेत्रको योगदानको चर्चा गरेका थिए । मुक्तिनाथ विकास बैंकले अवलम्बन गरेको वित्तीय सेवाको मोडल बैंकिङ्ग सेवाको उत्कृष्ट मोडल भएको र यस मोडलले ग्राहकहरुको आवश्यकता अनुसारको बित्तीय सेवाहरु प्रदान गर्न सफल भएकाले र आगामी दिनहरुमा पनि यस मोडललाई बैैंकले अबलम्बन गर्दै अगाडि बढ्नको लागि सफलताको कामना समेत गरेका थिए ।

समुद्घाटन कार्यक्रमको अन्त्यमा बैंक संचालक समितिका सदस्य श्री गजेन्द्रमान श्रेष्ठले उपस्थित सम्पूर्णलाई धन्यवाद दिंदै बैंकको प्रगतिमा साथ दिन सबैलाई अनुरोध गरेका थिए भने कार्यक्रमको संचालन श्री शर्मिला लम्सालले गरेकि थिईन् ।

बैंकले २०७४ माघ मसान्तसम्म कुल निक्षेप रु. २१ अर्व ९२ करोड पुगेको छ भने कुलकर्जा लगानी रु. २० अर्व १ करोड पुगेको छ ।