वेपत्ता हरीको स्मृतीमा प्रतिक्षालय स्थापना

प्रकाशित मिति : : सोमवार, फाल्गुन २१, २०७४

पोखरा । द्धन्दकालीन समयमा राज्य पक्षवाट वेपता पारिएका पोखरा लेखनाथ महानगर पालीका वडा नम्वर २४ कास्कीकोटका हरी प्रसाद पौडेलको स्मृतीमा गुप्तकाली मन्दीर परीसरमा प्रतिक्षालय स्थापना गरीएको छ । कास्कीकोटमा एक कार्यक्रमको आयोजना गरी प्रदेश ३ क का सासंद राम्जी प्रसाद बरालले उद्घाटन गरेका छन् ।

बरालले वेपता तथा शहिद वेपताहरुको लागि प्रदेशबाट गर्नु पर्ने कार्यको कुनै कसर बाँकी नराख्ने भन्दै धार्मिक क्षेत्रमा निमार्ण गरीएको प्रतिक्षालयले सबैलाई फाइदा हुने भन्दै हरी पौडेल एक सच्चा राष्ट्र भतm रहेको बताए । वि.स. २०५८ साल मंसीर २६ गते वेपता पारीएका पौडेल अवस्था अझै अज्ञात रहेको छ ।

कार्यक्रमका २४ का अध्यक्ष ओमप्रसाद सुवेदीले सवै मिलेर कास्कीकोट विकास मा लाग्न आग्रर्ह गर्दे हरीको स्मृती प्रतीक्षालयका वाकी रहेका कामहरु पनि समयमानै गर्नु पर्ने विचार राखेका थिए । कार्यक्रममा गुप्तकाली धार्मिक क्षेत्र विकास समितीका टिकाराम त्रिपाठी,वेपता योद्धा परिवार समाजका अध्यक्ष अणनाथ वराल ,नेपाल राष्टीय व्यवसायी संगठनका जनक पराजुली कार्यक्रममा हरी पौडेलको सम्झना गरेका थिए ।

हरी पौडेल सदैव देश जनता र कास्कीकोटको विकास तथा संरक्षणमा लागीरहने व्यक्तीरहेको सहभागीहरुले विचार राखेका थिए निमार्ण समितीका सदस्य चित्रा चटराईले स्वागत मन्तव्यराखेको कार्यक्रमा तिन हजार भन्दा वढी आर्थीक सहयोग गर्ने सहयोगीदाताहरु ओम प्रसाद सुवेदी , जनक पराजुली,विष्णुहरी तिमील्सीना,तेजेन्द्र पौडेल चित्रा सुवेदी भटराईलाई कार्यक्रममा सम्मान समेत गरीएको थियो । नेकपा माओवादी कास्कीकोट अध्यक्ष विष्णुहरी तिमिल्सिनाले संचालन गरेको कार्यक्रम निमार्ण समितीका अध्यक्ष चुडामणी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।