संसदीय दलको नेतामा प्रकाशमानलाई पराजित गरेलगत्तै देउवाले गरे यस्तो ट्वीट

प्रकाशित मिति : : सोमवार, फाल्गुन २१, २०७४

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता चयन भएलगत्तै एक ट्विट गरेका छन् । ४४ मतसहित विजयी भएका देउवाले सोमबार ट्विट गर्दै निर्वाचित गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

उनले लोकतान्त्रिक पार्टीहरुमा जति बढी लोकतन्त्रको अभ्यास गर्दै गयो त्यति बढी दलहरु बलियो हुँदै जाने विश्वास समेत व्यक्त गरेका छन् ।

उनले भनेका छन्, कांग्रेस संसदीय दलको नेतामा मतदान गर्नुहुने सबै माननीय सदस्यहरुलाई धन्यवाद । लोकतान्त्रिक पार्टीमा लोकतन्त्रको जति बढी अभ्यास गर्यो त्यतिनै लोकतन्त्र बलियो हुन्छ भन्ने मैले विश्वास लिएको छु ।