जेलमा रहेका ‘बालकृष्ण ढुंगेल’ लाई रिहाई गर्दै गृहमन्त्री बादल

प्रकाशित मिति : : सोमवार, फाल्गुन २१, २०७४

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले जेलमा रहेका पूर्व सभासद बालकृष्ण ढुंगेललाई रिहाई गर्न पहल थालेका छन् ।

केही महिनादेखि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा भएको एक द्धन्द्धकालीन मुद्दामाथि सर्वोच्चले गरेको फैसलापछि उनी जेलमा छन् ।

ढुंगेलको रिहाईका लागि माओवादी नेता तथा गृहमन्त्री बादलले अनौपचारिक रुपमा पहल थालेको बुझिएको छ । गृहमन्त्रालय स्रोतले भन्यो, ‘ढुंगेललाई कसरी रिहाई गर्न सकिन्छ, भन्ने विषयमा मन्त्रीज्युले छलफल थाल्नुभएको छ, अब उहाँको रिहाईका निम्ति उहाँले आफ्नो ढंगबाट काम थालिसक्नुभयो ।’

स्रोतका अनुसार गृहमन्त्री बादलले गृहसचिव र नेपाल प्रहरीका महानिरिक्षकसँग ढुंगेलको रिहाईका लागि छलफल गरेका छन् । बादलले आफ्नो ढंगबाट रिहाईका लागि पहल थालेको विषय ढुंगेलले समेत थाहा पाइसकेका छन् । – आजको उज्यालो नेपाल मा खबर छ