फोरमको यो निर्णयः जसले अोलीलार्इ त नाफा तर प्रचण्डलार्इ…

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २२, २०७४

काठमाडौं । आज बसेको संघीय समाजवादी फोरमको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।मंगलबार बिहान बसेको फोरम पदाधिकारीहरुको बैठकले वाम गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

वाम गठबन्धन र फोरमबीच आजै सहमति गर्ने तयारी रहेको बताइएको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोरमलाई सरकारमा सहभागी गराउन केहि दिनअघि देखि पहल गरेका थिए ।

मन्त्रालयका बारे एमाले र माओवादीसँग आजै छलफल हुने बताइएको छ । यदि फोरम सरकारमा सहभागी भएको खण्डमा माअोवादीको भागमा परेको मन्त्रालय घट्नेछ । फोरम सरकारमा अाउँदा अोली बलियो भएपनि मन्त्रालयको बिषयमा भने माअोवादीलार्इ घाटा लाग्ने देखिन्छ ।