कम्यूनिष्ट पार्टीको गढ भत्काउदै भारतमा लेनिनको शालिक ढालियो (फोटो सहित)

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २२, २०७४

काठमाडौं । कम्यूनिष्ट पार्टीको गढ भत्काउदै भारतीय जनता पार्टीले त्रिपुरा राज्यमा बिजय प्राप्त गरेका छन् । बिजय प्राप्त गरेलगतै जनता पार्टीको जितको उन्माद चडेका जनताले त्रिपुरा राज्यको मुख्य स्थान बेलोनिया शहरको केन्द्रमा रहेको लेनिनको शालिक ढालि दिएका छन्  । कम्युनिष्ट सरकारले त्यहाँ पाँच वर्षअघि रुसी क्रान्तिका नायक लेनिनको शालिक ठड्याएको थियो । विधानसभा चुनाव जितेसँगै भारतीय जनता पार्टीका कार्यकर्ताले डोजर प्रयोग गरी बिजेपीका कार्यकर्ताले लेनिनको शालिक ढालेका छन्  सोहि सालिककोटाउकोको  फुटवल पनि खेलेका छन्