राज्यले मार्न खोजेको भन्दै जेल भित्रैबाट रेशम चौधरीले दिए सरकारलाई कडा चेतावनी

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २२, २०७४

फागुन २२, काठमाडौं । टीकापुर घटनाका आरोपि  रेशम चौधरीलगायतको आमरण अनशन आज पनि जारी रहेको छ । टीकापुर घटनाका आरोपिहरुले तीन बुँदे माग राख्दै आइतवार साँझदेखि आमरण अनशन थालेका थिए । माग पूरा नभएसम्म आफुहरुको अनशन जारी रहने र मर्न परे जेल भित्रै मर्न तयार रहने उनीहरुले सरकारलाई धम्कि समेत दिएका छन्  ।

फागुन २० गते सांसद चौधरीलाई शपथ ग्रहणमा सहभागी नगराएपछि थुनुवाहरु जेलभित्रै असशनमा बसेका हुन् । करिब ३० महिनासम्म फरार रहेका उनी फागुन १४ गते जिल्ला अदालत कैलालीमा उपस्थित भए । त्यहि दिन अदालतले उनलाई पुर्पक्षमा राख्न आदेश दियो ।

त्यस्तै सांसद रेशम चौधरीले सञ्चारकर्मीहरु संग कुरा गर्दै जेलभित्रैपनि आफुलाई विभिन्न किसिमको यातना दिदै आएको बताए । ‘राती सुतेपछि वाहिरबाट ढोका बन्द गरिदिने, कडा निगरानीमा राख्ने, भेटघाटमा कडाई गर्ने काम भैरहेको छ,’ उनले भने, ‘वास्तवमा राज्यले हामीलाई हदैसम्मको कानूनी विभेद गरिरहेको छ । नवराज सिलवाल, ववन सिंह, केपी ओली, प्रचण्ड, यहाँ कसलाई मुद्धा लागेको थिएन र ? तर हामीलाई गरिने व्यवहार फरक छ । राज्यले हामीलाई मरेकै देख्न चाहान्छ भने हामी अनशनमै मरेर देखाउँछौ ।’