ओलीलाई देउवाको कटाक्ष, ‘चुनाव भएकै छैन जस्तो त लागिरहेको छैन ?

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २२, २०७४

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको दोस्रो बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीप्रति कटाक्ष गरेका छन् ।

मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै  देउवाले वर्तमान प्रधानमन्त्री ओलीले आफू नेतृत्वको (निवर्तमान) सरकारले चुनाव गर्न नसक्ने भनेर गर्ने गरेको भाषणप्रति कटाक्ष गरेका हुन ।

‘एमालेका अध्यक्ष केपी ओलीजी प्रधानमन्त्री हुनुभएको छ । उहाँलाई बधाई छ,’ बैठकलाई सम्बोधन गर्दै शुरुमै देउवाले भने, ‘उहाँले म प्रधानमन्त्री हुँदा चुनाव नै गराउन सक्दैन भन्नुहुन्थ्यो । उहाँलाई त अहिले पनि चुनाव भएको हैन जस्तो पो लागिरहेको छ कि ? ’

देउवाले यसरी भनिरहँदा प्रधानमन्त्री ओली भने गम्भीर भएर उनको भाषण सुनिरहेका थिए ।