पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी स्वदेश प्रस्थान

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २२, २०७४

काठमाडौँ। नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्रीशहीद खकान अब्बासी आज अपराह्न स्वदेश प्रस्थान गरेका छन् ।

भुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई अर्थमन्त्री डा.युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास वैरागीले बिदाइ गर्नुभयो । स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले शिष्टाचार भेट गर्नाका साथै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा आयोजित कार्यक्रमलाई सम्बधन गरेका थिए।

त्यस्तै पाकिस्तानका प्रधानमन्त्री अब्बासीले आज बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुका थिए। भ्रमणका क्रममा उनले आफ्ना नेपाली समकक्षी प्रधामन्त्री केपी शर्मा ओलीसँग सोमबार साँझ पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गरेका थिए ।