भारतीय दलाल शेर बहादुर देउवालाई भेट्दिन : पाकिस्तानी प्रधानमन्त्री अब्बासी

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २२, २०७४

aabassi

२२ फागुन, काठमाडौँ  । दुई दिने नेपाल भ्रमणमा हिजो काठमाडौं आईपुगेका पाकिस्तानी प्रधानमन्त्री साहिद खक्कान अब्बासले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नभेटी जाने भएका छन् । देउवा भारत निकट भएकोले नभेट्ने श्रोतको भनाई छ।

हिजो काठमाडौं आएका प्रधानमन्त्री अब्बासको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले रात्रिभोजको आयोजना गरेका थिए । उनको सम्मानमा सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर दिईएको थियो । उनको सम्मानमा १९ तोपको सलामी दिईएको थियो । त्यसलगत्तै प्रधानमन्त्री ओली र अब्बासबीच भेटवार्ता भएको थियो ।

आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तानका प्रधानमन्त्री अब्बासीले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटघाट भएको छ ।  उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका  छन्  । तर, कांग्रेस सभापति देउवासँग भेट गर्ने कुनै कार्यक्रम नरहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री अब्बासीसँग उहाँका सचिव फवाद हस्सन फवाद, सैन्य सचिव ब्रिगेडियर वासीम इफ्तीखार चिमासहित पाकिस्तानी सरकारका उच्चअधिकारी संलग्न हुनुहुन्छ । आज नेपालको दुईदिने भ्रमणमा आउनुभएका उहाँ मङ्गलबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।

यता पछिल्लो समय राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा सहभागि गराउने प्रयास भएको बताइएको छ । प्रधानमन्त्री केपी ओलीले नै राजपालाई सरकारमा आउन आग्रह गरेका थिए ।

तर अहिलेसम्म ठोस छलफल र सहमति भएको पाइदैन । राजपाका नेता महेन्द्र राय यादवले प्रधानमन्त्री ओलीसँग कुराकानी भए पनि सहमति वा निष्कर्ष केही नभएको बताएका छन् । (capitalheadline)