डा. बाबुराम भट्टराईका सारथि खिमलाल देवकोटा नयाँ शक्ति पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्दै

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २२, २०७४

काठमाडौँ, फागुन २२ । नयाँ शक्ति पार्टी नेपालका नेता खिमलाल देवकोटा मंगलबार माओवादी केन्द्रमा गर्न लागेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले,  देवकोटा लगायतका नेताहरुलाई मंगलबार दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको श्रोतले बताएको छ ।

देवकोटा जनयुद्धकालीन माओवादीका ससक्त नेता हुन् । माओवादीबाट अलग भएर डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेपछि उनी त्यतै लागेका थिए। उनी जनयुद्धकालदेखि नै भट्टराईको नजिक रहेर काम गर्दै आइरहेका थिए ।