बाबुरामलाई झट्का दिदै खिमलाल देवकोटा माअोवादी केन्द्रमा प्रवेश

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २२, २०७४

नयाँ शक्ति पार्टी नेपालका नेता खिमलाल देवकोटा माओवादी केन्द्रमा फर्कने तयारी गरेका छन् ।माओवादी केन्द्रमा फर्किने भएपछि पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई झट्का लागेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देवकोटा लगायतका नेताहरुलाई मंगलबार दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको श्रोतले बतायो ।

देवकोटा जनयुद्धकालीन माओवादी नेता हुन्। माओवादीबाट अलग भएर डा। बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेपछि उनी त्यतै लागेका थिए। उनी जनयुद्धकालदेखि नै भट्टराईको नजिक रहेर काम गर्दै आइरहेका थिए।