रेशम चौधरी अपराधी होइनन्, स-सम्मान संसदमा ल्याउन वातावरण बनाउनु पर्छ : राजेन्द्र महतो

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २२, २०७४

rajendra-mahato-at-reporters-club

फागुन, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा प्रतिधि सभाका सांसद् राजेन्द्र महतो रेशम चौधरीलाई संसदमा आउने वातावरण बनाईदिन सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको नेता महतोले कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई बैठकमा सहभागी हुनका लागि आबश्यक वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् ।

नेता महतोले ठूलो जनमतबाट निर्वाचित चौधरीलाई स सम्मान संसदमा ल्याउन वातावरण बनाइदिन आग्रह गरेका छन् । अत्याधिक जनमत पाएर तपाईहरु सरकारमा हुनुहुन्छ, ‘उनले भने, उता जनताले नै अपार जनमत दिएर जिताएका चैधरी जेलमा छन् ।
उनले चौधरीको अपराध प्रमाणित नभएको पनि जिकिर गरे । आरोप लाग्दैमा कोही अपराधी हँदैन, ‘उनको अपरा प्रमाणित भएको छैन, महतोले भने, त्यसकारण चोधरीलाई संसद्मा आउन आवश्यक सहयोग गरिदिनुहोस् ।

टिकापुर घटनाका आरोपित चौधरीलगायतको आमरण अनशन आज पनि जारी रहेको छ । टीकापुर घटनाका आरोपिहरुले तीन बुँदे माग राख्दै आइतवार साँझदेखि आमरण अनशन थालेका थिए । माग पूरा नभएसम्म आफूहरुको अनशन जारी रहने उनीहरुको भनाइ छ । सांसद चौधरीले राज्यले आफूलाई विभेद गरेको भन्दै आफ्नो माग पूरा नभएसम्म अनशन नतोड्ने बताएका छन् ।