प्रचण्डको बाबुरामलाई अनुरोध : लाज नमानी फर्किनुस्, आफ्ना साथीहरुसँग लजाउनुपर्दैन्

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २२, २०७४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई माओवादीमा पुनर्मिलनमा आउन आग्रह गरेका छन् । मंगलबार माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटालाई माओवादीमा भित्र्याउँदै बाबुरामलाई पनि पुनर्मिलनमा आउन आग्रह गरेका हुन् ।

‘बाबुराम जीलाई म यहिँबाट भन्छु, लाज नमानी फर्किनुस्, आफ्ना साथीहरुसँग लजाउनुपर्दैन् ।’ हामी सबै तपाइँकै साथी हौं ।’

जनयुद्धलाई स्मरण गर्दै प्रचण्डले अहिले साथीहरुले रहर गरेर युद्ध नहुने बताए ।