बाबुरामलाई झड्का : प्रवक्ता देवकोटा माअोवादी केन्द्रमा फर्किए

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २२, २०७४

 

काठमाडौँ । पुर्व प्रधानमन्त्री बाबुराम  भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाललार्इ झट्का लागेको छ ।

नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटा नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । मंगलबार माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमबीच देवकोटा माओवादीमा फर्किएका हुन् ।

बाबुरामले नयाँशक्ति बनाएपछि माओवादी छाडेका थिए । देवकोटा  बाबुराम भट्टराईका नजिकका सारथी थिए ।