कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २२, २०७४

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबार बिहान बस्ने भएको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिए ।

बैठकमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने मुख्यसचिव पौडेलले बताए । काँग्रेसले बैठकमा उपस्थित हुनका लागि पार्टीका पदाधिकारी एवम् सदस्यलाई आमन्त्रण गरेको छ ।