युएई जाने कामदारले अब चारित्रिक प्रमाणपत्र पेश गनुपर्ने

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २२, २०७४

संयुक्त अरब इमिरेट्स यूएईले आफ्नो देशमा आउने नयाँ विदेशी कामदारलाई चारित्रिक प्रमाणपत्र अनिवार्य गरेको छ । विदेशबाट आउने कामदारहरुको आचरणमा समस्या देखिएपछि यूएईले यस्तो नियम लागू गरेको हो ।

यो नियम पुराना कामदार र पर्यटकलाई भने लागू नहुने काठमाडौंस्थित यूएई दूतावासले जनाएको छ ।

दूतावासले आज एक विज्ञप्ति जारी गरी आफ्नो सरकारको नयाँ कानून अनुसार विदेशी नयाँ कामदारलाई चारित्रिक प्रमाणपत्र अनिवार्य गरेको हो ।

यो नियम यूएईमा काम गर्न जाने नयाँ नेपाली कामदारहरुलाई पनि लागु हुनेछ । आफ्नो सरकारको नयाँ नियम नबुझेको कारण कार्यालय परिसरमा भिडभाड भएको भन्दै यो जानकारी दिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

नयाँ कामदारहरुले आफ्नो चारित्रिक प्रमाणपत्र म्यानपावर तथा रोजगारदाता कम्पनीहरु मार्फत पेश गर्न सकिने पनि दूतावासले जनाएको छ ।