उपराष्ट्रपतिमा माओवादी केन्द्रबाट नन्दकिशोर पुन

प्रकाशित मिति : : बुधबार, फाल्गुन २३, २०७४

काठमाडौं । नेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दकिशोर पुन पासाङलाई दोहोर्याउने भएको छ । पूर्व जनमुक्ति सेनाका कमान्डरसमेत रहेका पासाङ यसअघि कुनै विवादमा नमुछिएको भन्दै माओवादीले पुन उपराष्ट्रपतिको उम्मेद्वार बनाउने भएको हो ।

त्यसैगरि नेकपा  एमालेले पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने निर्णय गरेको छ ।

उपराष्ट्रपतिमा माओवादी आंकाक्षि भने थिएनन् । त्यसैगरि सभामुखमा भने माओवादीभित्र आंकाक्षि थुप्रै देखिएका छन् ।