आफ्नै साथीहरुले गरे कुमारको हत्या – (भिडियो सहित)

प्रकाशित मिति : : बुधबार, फाल्गुन २३, २०७४

फेसबुकले निम्त्याएको क्रुर हत्या 
मंगलबार बालाजु महानगरीय प्रहरीबृत्त बालाजुको परिसरमा हतकडीमा जेलिएका ९ जना किशोरहरु । उमेरले भर्खरै १५, १६ जस्ता देखिने कलिला यीनीहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गर्दा डरलाग्दो घटना बाहिर आयो ।

सामान्य फेसबुक पेजको विवादमा यीनीहरुले आफ्नै १६ बर्षीय साथी कुमार सूचिकारलाई कुटपिट गरी मृत्युको मुखमा पु¥याए । बालाजु प्रहरीले पक्राउ गरेका यीनीहरु तारकेश्वर नगरपालिका वडा नम्बर ४ पुरानो गुहेश्वरी बस्ने १६ बर्षका सुजन महर्जन, १८ बर्षका निर्मल महर्जन, १६ बर्षका दिनेश नगरकोटी, १६ बर्षकै विशाल पुतुवार, बर्ष १८ का समिर महर्जन, १६ बर्षका विक्की पुतुवार हुन् । त्यसैगरी नुवाकोट घर भई हाल तारकेश्वर शेषमती बस्ने १७ बर्षका आई सिंह तामाङ, सोलुखुम्बु घर भई हाल शेषमती नै बस्ने १६ बर्षीय राजन मगर, र दोलखा घर भई हाल काठमाण्डौँ नयाँबसपार्क बस्ने बर्ष १६ का पेमा गेल्जे शेर्पा । यी सबैले फेसबुक पेजमा आफुहरुलाइर्् हटाएको भन्दै निर्घात कुटपीट गरी आफ्नै साथी कुमारको हत्या गरे ।

 

माघ २७ गते शनिवार विहान करिब ५ बजेतिर काठमाण्डौँ जिल्ला तारकेश्वर नगरपालिका ४ फुलबारी गेटस्थित गोलढुंगा जाने सडक किनारामा पहिचान नखुलेको करिब १९, २० बर्षका जस्ता देखिने एक पुरुषलाई घाईते अवस्थामा भेट्यो । टाउकोमा गम्भीर चोट लागेर उक्त ब्यक्ति अचेत अबस्थामा थिए । प्रहरीले तत्काल उक्त ब्यक्तिलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पु¥यायो । कसैले निर्घात कुटपीट गरी ती ब्यक्तिलाई नालामा फालिदिएको थियो । उनको टाउकोमा अत्याधिक रगत बगेको र टाउकोमा रगत जमेको थियो । डाक्टरका अनुसार उनलाई अपरेसन गर्नुपर्ने भयो । तर अपरेसन सफल हुन सकेन । अन्ततः माघ २९ गते उनको मृत्यु भयो ।

 

लगतै प्रहरीले उक्त शवलाई पोस्टमार्टमका लागि त्रि.वि.वि शिक्षण अस्पताल पु¥यायो । रिपोर्टमा रड, इट्टा लगायतका बिभिन्न बस्तुहरुले उनको शरीरमा प्रहार भएको देखियो । यतिबेलासम्म प्रहरीलाई ती ब्यक्ति को हुन र कसले यस्तो ग¥यो केही थाहा थिएन । प्रहरीले उनको पहिचान खुलाउनको लागि फेसबुकमा उनको फोटो राखेर आफन्तको खोजी कार्य ग¥यो । तर कोहीपनि आफन्त नआएपछि धेरै समय उक्त किशोरको शव त्रिभुवन शिक्षण अस्पतालमा बेवारिसे रुपमा बस्यो ।

फागुन २१ गते सोमबार राधा सुचिकार नाम गरेकी एक महिला आफ्नो छोरा कुमार सुचिकार लामो समयदेखि हराएको भनी रिपोर्ट गर्न बालाजु प्रहरीको मा आइन् । उनले मोबाइल र सिम कार्डको बारेमा पनि जानकारी गराएइपछि अन्तत ती बालक अरु कोही नभएर राधा सुचिकारकै कै छोरा कुमार सुचिकार रहेछन । नुवाकोट घर भई हाल काठमाण्डौँ माछापोखरीमा आफ्नो परिवारसंग बस्थे कुमार सुचिकार । उमेरले १६ बर्षका उनी गोंगबुको गणेश हिमाल बोर्डिङ स्कुलको कक्षा १० मा अध्ययनरत थिए ।आखिर आफ्नै साथीलाई कुटपीट गरी हत्या गरेपछि अहिले बालाजु प्रहरीले अनुसन्धान थालेको छ ।

विगत केही समय अघिदेखि मृतक कुमार सुचिकार सहित पक्राउ परेका समेतले एउटा फेसबुक पेज बनाएका थिए । गुहेश्वरी एजी ग्रुप नामको उक्त फेसबुक पेज यीनीहरुको सबै साथीको समूहले प्रयोग गर्ने गरेका थिए । तर पछिल्लो समय कुमारले आफ्ना केही साथीलाई फेसबुक पेजबाट हटाइदिएका थिए । आफुहरुलाई फेसबुक पेजबाट हटाएपछि कुमारप्रति रिसिबी साँध्न यो समूहले कुमारलाई माघ २६ गते राती तारकेश्वरको फुलबारी गेटमा बोलाई निर्घात कुटपीट गरे । प्रहरी अनुसन्धानमा अभियुक्तहरुले मृतक कुमार सुचिकारलाई इटा, ढुंगा ुमेतले टाउको र शरीरमा प्रहर गरी घाईते तुल्याएको देखिएको छ ।

 

मंगलबार प्रहरीले अभियुक्तलाई सार्बजनिक गरिरहँदा कुमारलाई फुलबारीमा बोलाउन सहयोग गर्ने एक बालिकालाई पनि पक्राउ गरेको छ । प्रहरीले ५ दिनको म्याद थप गरी घटनाको रहस्यबारे अनुसन्धान गरिरहेको छ । भर्खरै उमेरले १६ बर्षका देखिने उनीहरुको उमेरबारे प्रहरीले एकिन गरेको छैन । तर अधिकांश १६ बर्षभन्दा मुनिका जस्ता रहेका छन् ।

सामाजिक सञ्जालदेखि साबधान

एउटा सामाजिक सञ्जाल फेसबुक पेजबाट साथीलाई हटाएको निहुँमा साथीहरुले साथीकै हत्या गरेको घटना नेपाली समाजका लागि घातक बनेको छ । पछिल्ले समय सामाजिक सञ्जाल प्रयोगकर्ता जति बढेका छन् त्यसको दुरुपयोगले सकारात्मक भन्दा नकारात्मक बाटोतर्फ समाजलाई धकेलेको छ । यस्तै यस्तै हत्या बलात्कार जस्ता गम्भीर अपराधका घटनाहरुलाई सामाजिक सञ्जालको दुरुपयोगले प्रसय दिएको छ । त्यसले युवा पुस्ता र विशेषगरी किशोर किशोरीहरुलाई समाजको गलत बाटोमा फसाईरहेको सत्य जगजाहेर छ ।

फेसबुक, ट्वीटर, ह्वाट्एप, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालको अत्यधिक प्रयोग नेपालमा तिब्र छ । र जुन अहिले आवश्यकतामात्र होईन यो अनिवार्य जस्तै भएको छ ।धेरैलाई बेलुकी समाजिक सञ्जालमा आँखा डुलाउन नपाए निद्रा नै नलाग्ने भैसकेको छ । बर्तमान समयमा सबैको लागि निकै अपरिहार्य बन्दै गैरहेको समजिक सञ्जाहरुको दुरुपयोग बढ्दै गइरहेको छ । सामाजिक सञ्जालहरुको प्रयोग भन्दा पनि दुरुपयोग बढी हुनाले यसले बिकृती मा होइन धेरैको ज्यान समेत गैरहेको छ । सामाजिक सञ्जालको यस्तै दुरुपयोगले नेपाली समाज अहिले गम्भीर घटनाको सिकार बनिरहेको छ । जसको लतमा विशेषगरी किशोर किशोरीहरु नराम्ररी फसेका छन् । र यसैको प्रतिनिधि घटना बन्यो कुमार सुचिकार हत्या । फेसबुकको गु्रपका कारण आफ्नै साथिहरुले कुमारको हत्या गरिदिएपछि सामाजिक सञ्जाललाई किशोर किशोरीहरुले गलत रुपले प्रयोग गरिरहेको तथ्य प्रष्ट छ । अभिभावकहरु सचेत र सर्तक हुनु पर्ने बेला आएको प्रहरीको भनाई छ ।

 

हत्यामा संलग्न सबैजना आलाकाच्चा उमेरका किशोरहरु रहेका छन । सानै उमेरमा फेसबुकको लत लागेका उनीहरुले आफ्नै साथिको हत्या गर्न पनि पछि परेनन् । सानो कुरामा नै उनीहरुले ठुलो प्रतिक्रिया जनाए । जसका कारण कुमार ज्यानै गयो ।हामी मध्ये सबैका छोराछोरी जो किशोर अबस्थामा छन् र यसरी नै सामाजिक सञ्जालमा लिप्त छन् भने । सोच्नुस्, सामाजिक सञ्जालको प्रयोग गलत रुपमा प्रयोग गरिरहेका हुन सक्छन् । के थाहा अपराधमूलक समाजमा एकदिन हामी कसैका सन्तानपनि फस्न सक्छन् । त्यसैले आफ्ना छोरा छोरीको बारेमा अभिभावकहरु सचेत बन्नुपर्ने अवस्था आएको छ ।

अभिभावकहरुले आफ्ना छोराछोरीहरुले के गर्दै छन् भन्ने हेक्का नराख्नाले यस्ता गम्भीर अपराधले समाजलाई गाँजिरहेको छ । अहिले सानै उमेरदेखि अभिभावकहरुले आफ्ना सन्तानलाई सामाजिक सञ्जालमा सहभागी गराउँछन् । जुन निकै हानिकारक हो । अभिभावकहरुले आफ्नो छोराछोरीलाई स्वतन्त्रता संगै उनीहरुको दैनिकीमा निगरानी राख्नुपर्ने देखिएको छ । आफ्ना छोराछोरीलाई स्वतन्त्र छोड्ने अभिभावकहरु अब भने केही गम्भिर हुन आवश्यक देखिएको छ । नत्र यसले थप यस्ता घटनाहरु दोहो¥याउने कुरालाई नकार्न सकिन्न ।

मानिसलाई नयाँ नयाँ कुराको जानकारी, मित्रता गाँस्ने अवसर प्रदान गर्ने सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, ह्वाट्एप, इन्स्टाग्राम दुरुपयोगका कारण व्यक्तिको स्वतन्त्रता हनन् भैरहेको आवाज उठिरहेका बेला यो घटना पनि यसैसंग जोडीन आउँछ । कुमार सुचिकारलाई फेसबुकको ग्रुप च्याटबाट हटाएकै कारणले उनी आज यस घटनाको सिकार बन्न पुगे । पछिल्लो समय नेपालमा पनि अधिकांश बलात्कार, अपराध तथा हत्याको घटनामा मोबाईल र फेसबुकको गलत प्रयोग गरेका कारण हुने गरेको पाइएको छ । यसबाट सम्बन्धित र आश्रित सबैको भविष्य तहसनहस नहोला भन्न सकिन्न । त्यसैले यसतर्फ अभिभावकहरु र सबै एकपटक सचेत बन्नु जरुरी छ । अाजकाे news 24 बाट साभार