रास्ट्रपति पदकालागि विद्यादेवी भण्डारीलाई अष्टलक्ष्मी शाक्यले मत नदिने, ओली तनावमा

प्रकाशित मिति : : बुधबार, फाल्गुन २३, २०७४

astalaxmi-bhandari

काठमाडौं, २३ फागुन । राष्ट्रपतिको निर्वाचनका लागि वाम गठबन्धनको तर्फबाटठ वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आज उम्मेदवारी मनोनयन दर्ता गराएकी छिन् । यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उहाँले आज उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् ।

तर उनको पक्षमा एमालेकै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मत नदिने मनशाय बनाएको स्रोतको दाबी छ । राष्ट्रपतिको उम्मेद्धवार बनाउने हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठकमा समेत उनले भण्डारीलाई उम्मेद्धवार बनाउन नहुने कडा अडान राखेकी थिईन् जसमा योगेश भट्टराई, माधव नेपाल लगायत नेताहरु पनि सहमत थिए ।

मंगलबार साँझ बसेको एमाले स्थायी समितिको  बैठकमा सबैभन्दा कडा रुपमा शाक्य नै प्रस्तुत भएकी थिईन् । उनले वर्तमान राष्ट्रपति भण्डारीले गुटको राजनीति गरेको आरोप लगाएकी थिईन् । उनले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भण्डारीलाई पूनः दोहोर्याउनुपर्ने कारण के हो त ? भनेर प्रश्न गरेकी थिईन् ।